
मधेसखबर
वीरगन्ज,३०असार : वीरगन्ज महानगरपालिकामा पर्ने भेडहा खोलामा अब तटबन्ध निर्माणको काम शुरु हुने पक्का भएको छ ।
वीरगन्ज महानगरपालिकाले भेडहा खोलामा २४ करोडको लागतमा तटबन्ध निर्माण गर्न लागेको हो । त्यसका लागि ठेक्का लागेसंगै अब तटबन्ध निर्माणको काम शुरु हुने निश्चित भएको हो ।
भेडहा खोलामा पक्की तटबन्धन निर्माण कार्यको ठेक्का जनकपुरको रमण/बिकास र ब्रोदर जेभीले लिएको छ ।
वीरगन्ज महानगरपालिकाले असार ४ गते टेण्डर आह्वान गरेकोमा विभिन्न सात वटा निर्माण कम्पनिले बोलपत्र भरेका थिए । ती मध्ये रमण÷बिकास र ब्रोदर जेभी जनकपूरलाई ठेक्का परेको हो ।
महानगरपालिको सार्वजनिक खरिद नियमावली २०७७ को नियम ३७ कोदफा १५० अनुसार खुलाएको बोलपत्र रमण÷बिकास र ब्रोदर जेभी जनकपूरलाई परेको हो । महानगरपालिकाले भेडहा खोलामा २४ करोड रुपैयाको लागतमा तटबन्ध निर्माण गर्दैछ ।
वर्षाका बेला भेडाहा खोलामा आउने बाढीले वीरगन्ज महानगरको वडा नम्बर २८ , २९ , ३० , ३१ र ३२ गरि पाँच वटा वडामा जनधनकोे व्यापक क्षति पुरयाउदै आएको छ ।
The post भेडाहा खोलामा वीरगन्ज महानगरले २४ करोडको लागतमा तटबन्ध निर्माण गर्दै appeared first on Madhes Khabar.