भाडाका उम्मेदवार किसानको चोर औंला र आँफैतिर फर्किएका चार औंला

मधेसखबर
सिमरा,०५ कार्तिक : सता गठबन्धनबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाउम्मेदवार कृष्णा कुमार श्रेष्ठ(किसान)ले एउटा सार्वजनिक कार्यक्रममा मतदातालाई भाडाका टट्टु भन्दै गाली गरेपछि उनी विवादित बनेका छन् ।

उनका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका ईच्छा बहादुर वाग्ले विरुद्ध सुनियोजित रुपमा चरित्र हत्याको अनेक हत्कण्डा गरिरहेका नेता श्रेष्ठले वाग्लेको समर्थनमा प्रश्न गरेकै भरमा एउटा सार्वजनिक कार्यक्रममा सहभागिहरुलाई अपशब्द बोल्दै पूर्व मन्त्रीको गरिमा समेत धुमिल पारेका छन् ।

उनले शुक्रबार पत्रकार ऋषि धमलाको कार्यक्रममा बोलेको अपशव्द प्रति आत्मआलोचना गर्नुको साटो शनिवार पनि एउटा सार्वजनिक कार्यक्रममा सोही प्रकृतिको शब्द प्रस्तुत गरेका छन् ।

 

‘यथार्थमा उनीआँफै भाडाका उम्मेदवार हुन्’

उम्मेदवार श्रेष्ठले बाराको जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा सहभागिलाई चोर औंला देखाएर भाडाका टट्टु भनिरहँदा आँफै तिर फर्किएको चार औंलाको ख्याल गर्न सकेनन् । खासमा उनी आँफै भाडाका उम्मेदवार हुन् । काँग्रेससंग कुम जोडेर च्याँखे थाप्न बारा आएका श्रेष्ठको आफ्नै क्षेत्रमा मतदाता नामावली समेत छैन । सतारुढ दलको चुनाबी गठबन्धनमा नेकपा एकिकृत समाजवादी पार्टीको भागमा पारेर बाराको क्षेत्र नम्बर ४ मा चुनाब लड्न आएका उनको आफ्नो दलको जनाधार अत्यन्तै कमजोर छ । निर्वाचन क्षेत्र समेत भाडामा प्रयोग गर्ने श्रेष्ठलाई अन्यदलले मत नदिए लज्जास्पद पराजय बेहोर्नुपर्ने हुन्छ ।\

किन आए बारा यो पनि जान्नुहोस्

काँग्रेस कार्यकर्ताको सहानुभुती पाउन उनले बारामा रामचन्द्र पौडेलको नाम धेरैपटक लिईसकेका छन् । यसअघि २०७४ को निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिएका श्रेष्ठले तत्कालिन बाम गठबन्धनबाट चुनाब जितेका हुन् । काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएकाले उनको विजयले राष्ट्रिय चर्चा बटुलेको थियो त्यस अघि उनी गुमनाम थिए । २०७४ को चुनाव जिताउनबाम गठबन्धनका अतिरिक्त तनहुँका काँग्रेस नेता गोविन्दराज जोशीको पार्टी भित्रको विद्रोह किसानको जितमा सहयोगी बनेको थियो । तर अहिले गोविन्दराज जोशीले समेत किसानलाई साथ दिन सक्ने अवस्था थिएन भने काँग्रेस नेतृत्वकै गठबन्धनमा रामचन्द्र पौडेललाई बाइपास गरेर टिकट लिने ल्याकतकिसानको थिएन । अर्को मूख्य कारण अघिल्लो पटक जहाँबाट चुनाबजिते त्यहाँ किसानको दलको हैसियत प्रायःशुन्य छ । वैशाखको स्थानीयतह निर्वाचनमा उनको निर्वाचन क्षेत्र तनहुँ १ मा पर्ने पाँच स्थानीय तहका ५४ वटा वडामा एउटा पनि उनको दल एकिकृत समाजवादीले जितेको छैन । सत्तााको पावर र मन्त्रीको स्वाद पाइसकेका श्रेष्ठ कसैगरि दोश्रो पटक संसद छिर्ने दाउँमा लागे र बारा ४ मा आइपुगेका हुन् । तर उनको बारा आगमन र संसद सपनामामंसिर ४ सम्म धेरै बाधाआउने देखिएको छ ।

श्रेष्ठकै कारण धेरैले पार्टी छाडे 

बाराको क्षेत्र नम्बर ४ माश्रेष्ठको उम्मेदवारी सुनिश्चित भएपछि उनकै दल एकिकृत समाजवादीका धेरैले पार्टी छाडीसकेका छन् । बारा ४(क) का निवर्तमान प्रदेश सभा सदस्य समेत रहेका सुन्दर विश्वकर्मा, अर्की प्रदेश सांसद सिता गुरुङ सहितअधिकाँस जिल्ला नेताले पार्टी छाडिसकेका छन् । वैशाखको स्थानीय चुनाबमा वडाध्यक्षमा समेत चौथो र पाँचौ स्थान पाएकाहरु अहिले ठुला नेता बनेर उनको अघिपछि गरिरहेका छन् ।श्रेष्ठको चुनावी दौडधुपमा काँग्रेस र माओबादी सहित गठबन्धनको अर्को घटक लोसपाका समेत ठुला नेता देखिएका छैनन् जसले श्रेष्ठको चुनाबीयात्रालाई थप जटिल बनाउने देखिन्छ ।

The post भाडाका उम्मेदवार किसानको चोर औंला र आँफैतिर फर्किएका चार औंला appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: भाडाका उम्मेदवार किसानको चोर औंला र आँफैतिर फर्किएका चार औंला
भाडाका उम्मेदवार किसानको चोर औंला र आँफैतिर फर्किएका चार औंला
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/hh.jpg?resize=1024%2C531&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_931.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_931.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy