अछाम । अछामका ९१ वडा मध्ये ११ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा काँग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो स्थानमा रहेका छन् । नेपाली काँग्रेस ५, नेकपा माओवादी केन्द्रले ३ र एमालेले २ वडा जित हासिल गरेको छ ।
जसमा तुर्माखाँद गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका उपेन्द्र रावल, मङ्गलसेन नगरपालिका १३ बस्तीमा हिक्मत बोगटी, कमलबजार १० मा भीम बहादुर विष्ट, बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाँज्रामा गजेन्द्र खड्का, ढकारी ८ मा उद्धवराज उपाध्यायले नेपाली काँग्रेस तर्फबाट जित हासिल गरेका छन् ।
त्यसैगरि रामारोशन गाउँपालिका १ मा चक्र साउँद, वडा नम्बर २ मा मीन बहादुर परियार र बान्निगढी ६ मा जगत थापा नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी भएका छन् भने कमलबजार नगरपालिका वडा नम्बर १० मा कमल बजगाईँ र ढकारी गाउँपालिका वडा नम्बर ७ मा राम थापा नेकपा एमालेको तर्फबाट विजयी भएका छन् ।
कमलबजार नगरपालिका वडा नम्बर १ मुलिमा स्वतन्त्र उम्मेदवार भक्त बहादुर बोहरा विजयी भएका छन् ।