मधेसखबर
वीरगन्ज,३१असार : लामो समय देखि पानी नपरेर खडेरी पर्दा पर्सा जिल्लामा अहिले सम्म आधा पनि धान रोपाइ हुन सकेको छैन ।
लामो समय देखि पानी पनि नपरेको र चर्को घामले ब्याडमा तयार भइसकेका बीउका बेर्ना सुक्न थालेका छन् वैकल्पिक सिंचाइ गरेर रोपिएका धानको बोट पनि पहेलिएर डढ्न थालेका छन् ।
अन्नके भण्डार मानिने मधेस प्रदेशका आठ जिल्ला मध्ये पर्सामा अहिले सम्म सबै भन्दा कम ४२ प्रतिशत मात्रै रोपाइ भएको छ । शुक्रबार सम्म पर्सामा ४२ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख मुनिलाल प्रसादले बताए ।
यसपाली समयमा पानी नपर्दा पर्साका किसानले धान रोप्न पाएका छैनन् । आकाशेपानीको भरपर्दा अहिलेसम्म पर्सामा ४२ प्रतिशत मात्र खेतमा रोपाइँ भएको हो । अघिल्लो वर्षको तुलनामा यो आधा भन्दा पनि कम हो ।
कृषि ज्ञान केन्द्र पर्साका प्राविधिक सहायक सुरेश चौरसीयाले आकाशेपानीको भरपर्दा आधा भन्दा बढि किसानले रोपाइँ गर्न नसकेको बताए ।
‘किसानले लगाएको बीउ सुक्न थालिसक्यो , यो बेला सम्म रोपाइँ सक्नुपथ्र्यो,’ उनले भने, ‘साउन भित्रमा रोपाइँ सकिन्छ होला ।यसपाली गण्डक नहरमा पनि समयमा पानी नआएकाले पर्सामा रोपाइ थोरै भएको उनले बताए । उनका अनुसार पर्सा जिल्लामा धान खेती ४७ हजार १ सय ३० हेक्टरमा हुने गरेको छ । ती मध्ये अगहनी धानको खेती ४६ हजार हेक्टरमा हुने गरेको चाौरसीयाले बताए ।
यसैगरि बारा जिल्लामा भने अहिले सम्म ५० प्रतिशत रोपाइ भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताए । कुल ४८ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएको बारामा अहिले सम्म त्यसको आधा मात्र रोपाइँ भएको उनले बताए ।
The post खडेरीले पर्सामा आधा भन्दा पनि कम धान रोपाइ ,किसान चिन्तित् appeared first on Madhes Khabar.