मधेसखबर
वीरगन्ज,३१ असार : जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय सदस्य सहितका नेताहरुले पार्टी परित्याग गरेका छन् ।
केन्द्रिय सदस्यद्वय वीरेन्द्र यादव र टेक बहादुर शाक्य , प्रदेश सदस्य सलाउदिन अहमद सहित पर्सा क्षेत्र नम्बर ४ का ६९ जना नेताहरुले पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्याग गर्ने नेताहरुमा केन्द्रिय सदस्यद्वय यादव र शाक्य, प्रदेश सदस्य अहमद,क्षेत्रीय अध्यक्ष लालबाबु साह ,जिल्ला सदस्यहरु कृष्ण मोहन यादव ,राजवली यादव , प्रदीप चौधरी ,चन्द्र नेवार ,शोभा यादव ,सत्यदेव प्रसाद यादव, कुमारी लामा तमांग गरि ६९ जना रहेका छन् ।
शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर उनिहरुले जसपाको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको बताए ।
पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य यादवले पार्टी स्वेच्छाचारी र एकलौटी ढंगले सन्चालन गरिएको , पार्टीको नीति प्रति नेतृत्व तह स्पष्ट नभएको , पार्टीमा ठेकेदार र भ्रष्टचारी हाबी भएकोले आफुहरुले सामुहिक रुपमा राजीनमा दिएको बताए ।
जसपा पार्टी देश र जनताको हितमा नभइ समिति आसेपासे र द्रब्यदारहरुको चंगुलमा फस्दै गएको ठहर गर्दै आफुहरुले पार्टी परित्याग गर्नु परेको केन्द्रिय सदस्य यादवले बताए ।
पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य यादवले पर्सा क्षेत्र नम्बर ४ मा मुख्यमन्त्री लालबाबु राउत गद्धी र प्रदेश सांसद सिंहासन साह कलवारकै कारण पार्टी ध्वस्त भएको आरोप लगाए ।उनले भने,‘ उनिहरु दुवै जनाले जो बोल्छन् त्यो नै पार्टीको नीति र निर्णय बन्छ, दुख र त्याग गरेका नेता कार्यकर्ताको कुनै ठाँउ हुदैन ।
जसपा पारित्याग गरेका नेताहरुले अब आफुहरु स्वतन्त्र भएको र आगामी दिनमा आफनो मुद्धा र विचार मिल्ने पार्टीसंग सहकार्य हुन सक्ने बताए । तर बाबुराम भटटराइले खोल्ने नयाँ पार्टीमा भने आफुहरु नजाने पनि उनिहरुले प्रसट पारे ।
The post पर्सामा जसपाका केन्द्रिय र प्रदेश सदस्य सहित ६९ जनाले पार्टी छाडे appeared first on Madhes Khabar.