मघेसखबर
वीरगन्ज,२९जेठ : पर्साको ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ र उपाध्यक्ष गोकुली रेग्मीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउतलाइ भेटेर ठोरीको समस्या बारे ध्यानाकर्षण गराएका छन् ।
आइतबार जनकपुर स्थित मुख्यमन्त्री कार्यालयमै पुगेर उनीहरुले मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराएका हुन्।
- भेटका अवसरमा ठोरीको ठुटेखोला तटबन्धका बिषयमा कुराकानी भएको र हुलाकी सडक मार्फत तत्काल तटबन्ध सुरु गर्न हुलाकी सडक कार्यालयलाई मुख्यमन्त्री राउतले निर्देशन दिएको गापा अध्यक्ष श्रेष्ठले बताए । साथै ठोरीको पर्यटकीय क्षेत्रको बिकास र भावी योजनाका बारेमा पनि सकारात्मक छ्लफल भएको श्रेष्ठको भनाई छ । मुख्यमन्त्री राउतले भने ठोरीलाई मधेस प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेकाले प्रदेश सरकारको सधैं ध्यानाकर्षण भइरहने बताए।
The post ठोरीको समस्या र विकास बारे मुख्यमन्त्री राउतलाई भेटेर ध्यानाकर्षण appeared first on Madhes Khabar.