मधेशखबर
११ असाढ , २०७९
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका राकेशभक्त पौडेलको हत्या प्रकरणमा १२ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पौडेलको कुटपिट गरी हत्याको आरोपमा एक नाबालक सहित १२ जनालाई बारा प्रहरीले पक्राउ गरेको जनाएको हो ।
पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री, ५० वर्षीय सन्ते बछार, २६ वर्षीय सन्दीप थापा, २६ वर्षीय सुदीप घिमिरे ,२४ वर्षीय सुमन लामा रहेका छन् ।
यसैगरी पक्राउ पर्ने अन्यमा जीतपुरसिमरा–३ बजनी बलुवा टोलका ४८ वर्षीय बलरामप्रसाद चिमरिया ,जीतपुरसिमरा–२ फूलबारी टोलका ४२ वर्षीय खगेन्द्र रिजाल, सम्झौता टोलका ३५ वर्षीय उद्धव अधिकारी, जीतपुरसिमरा–३ का ३४ वर्षीय कुमार मगर ,जीतपुरसिमरा–६ रामवन टाँडीका २६ वर्षीय राजु अधिकारी र २६ वर्षीय सन्तोष खत्री, र एक नाबालक छन् ।
पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको बताईएको छ । एक नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ
The post बाराको पौडेल हतया प्रकरणमा १२ जना पक्राउ appeared first on Madhes Khabar.