मधेसकै रोल मोडेल बुहारी निर्मला: गाँउमै चलाउदै छिन् दुइ वटा उधोग

क्रान्ति शाह
वीरगन्ज, १७ असार : शुरुमा मैले पैसाको कुरा गरे किन कि मलाइ पैसा कमाउनु थियो । जति काम गर्दा पनि खर्च नपुग्ने । हातमा एक रुपैया पनि नबच्ने । महिनाको १४÷१५ हजार आउछ रे , त्यो पनि फर्सदका समयमा काम गरेर ।
मधेसी समाजकी बुहारी हुन् निर्मला महत्तो । यो समाजमा बुहारी ,घुम्टोमा घर भित्रै बस्नु पर्छ , चुल्हो चौका गरेर घर भित्रको कामकाजमै सिमित रहनु पर्छ , घर बाहिरको काम गर्नु हुन्न भन्ने रिति रिवाज अझै पनि कायमै छ ।
तर निर्मलाले त्यो रितिरिवाज तोडेर आफनो पहिचान फेरेकि छन् । निर्मला , आफनो गाँउमा मात्र नभइ मधेसकै एक नमूना उद्यमी बन्न सफल भएकी छन् ।
सर्लाहीको हरिवन नपा ४ सेसापुर स्थित आफनै गाँउमा ४ वर्ष देखि जुत्ता ,चप्पल , सेण्डिल र सोल उत्पादन गर्ने दुइ वटा साना उद्योग नै चलाइ रहेकी छिन् निर्मलाले ।
१२ कक्षा सम्म पढेकी निर्मलाले आफनो उद्योगमा २० जनालाइ रोजगारी पनि दिएकी छन् ।
निर्मला भन्छिन् ,‘४÷५ जना कालीगढ बाहिरका छन् , अरु १५/१६ जना त म जस्तै छरछिमेकका बुहारीहरुले काम गर्छन् ।
निर्मलाले एक्लैले नभ्याएपछि वैदेशीक रोजगारीमा गएका उनका श्रीमान् उमेश पनि गाँउ फर्किएर निर्मलाको व्यवसायलाइ सघाइरहेका छन् ।
शुरुमा घरमै चप्पल र जुत्ता बनाउने काम थालेकी निर्मलाले अहिले ३० लाख रुपैयाको लगानीमा जुत्ता , चप्पल र सेण्डिलको सोल उत्पादन गर्ने उद्योग पनि सन्चालनमा ल्याएकी छन् ।
निर्मला भन्छिन् ,‘ अहिले सबै खर्च कटाएर महिनाको एक देखि डेढ लाख रुपैया नाफा भइरहेको छ ।
सामान्य गृहीणीबाट नमूना उद्यमी बनेकी निर्मलाको सफलताको यात्रा त्यति सहज पनि छैन ।

शुरुवाती दिनमा जुत्ता चपल सिलाउने तालिम लिन नजिकैको हरिवन बजार जादा निर्मलालाइ छरछिमेककाले घर भित्र बस्नु पर्ने बुहारीले गाँउकै इज्जत फालि भन्थे । चमार (दलित) ले गर्ने जुत्ता चप्पल सिउने काम गर्न थाली भनेर खिसिट्युरी पनि गर्थे ।
विगतको तीतो अनुभव सम्झिदै निर्मला भन्छिन् ,‘ गाँउलेले जति सुकै कुरा काटेपनि मैले एक कानले सुनेर अर्को कानले उडाइ दिन्थे , किन कि म सही ठाँउमा थिए त्यसैले मलाइ अरुको कुराले मेरो बाटो छेकेन ।
तीन महिनाको तालिम लिएपछि व्यवसाय शुरु गर्न निर्मलाले ससुरा बुबासंग १ लाख रुपैया पैंचो मागिन् । तर शुरुमा ससुरा बुबाले पैसा दिन आनाकानी गरे ।
पछि सम्झाइ बुझाइ गरेपछि ससुरा बुबाले १ लाख रुपैया दिए निर्मलालाइ । त्यो १ लाख रुपैयाको बीउ पूजीबाट उनले चप्पल बनाउने कच्चा पदार्थ र सिउने मेशीन किनेर घरमै चप्पल र सेण्डिल बनाउन थालिन् ।
चप्पल र सेण्डिलको व्यवसाय फस्टाउन थालेपछि उनले मेशीन थपेर जुत्ता पनि बनाउन थालिन् ।
चप्पल र सेण्डिलसंगै जुत्ताको व्यवसायले पनि राम्रै गति लिन थाल्यो । तर चप्पल , सेण्डिल र जुत्ता बनाउन लागि चाहिने सोल , टाढाका शहरबाट किनेर ल्याउनु पर्ने बाध्यता थियो ।
कहिले काहि सोल समयमै नआइपुग्दा आफना उत्पादनहरु बजारका पसलेलाइ भनेको बेला आपुर्ति गर्न नसकेपछि निर्मलालाइ तनाव हुन्थ्यो ।
सोल खरिद गर्न वीरगन्जको एक उद्योगमा पुगेका बेला निर्मलाले सोल कसरी बन्दो रहेछ भनेर सोधीखोजी गरिन् ।
गाँउघरमै फ्याँकिने प्लाष्टिकका कचराबाट नै सोल बन्दो रहेछ भन्ने उनले देखिन् ।
त्यस दिन वीरगन्जबाट घर फर्किएपछि निर्मलालाइ आफैले सोल पनि किन उत्पादन किन नगर्ने भनेर मनमा हुट्हुटी चल्न थाल्यो ।
व्यवसायमा सघाइरहेका श्रीमान् उमेशसंग यस बारे सल्लाह गरिन् । दुवैले खर्चको लेखाजोखा गरे अनि सोल बनाउने उद्योग पनि खोल्ने निष्कर्षमा पनि पुगे ।
पहिले देखि चलाइरहेको जुत्ता चप्पल बनाउने व्यवसायबाट बचत भएको केहि रकम पनि थियो निर्मलासंग ।
त्यहि रकमबाट जोरजोम गरेर उमेशले भारतबाट सोल बनाउने साढे १४ लाख मुल्यको मेशीन र डाइहरु किनेर ल्याए । घर छेउकै जग्गामा जस्तापाताको सेड बनाए । त्यहि सेडमा अहिले निर्मला र उमेशले सोल उत्पादन गर्ने कारखाना पनि चलाइरहेका छन् ।

१ वर्ष देखि सन्चालनमा ल्याइएको सोल उद्योगको कुल लागत ३० लाख रुपैया लागेको निर्मला बताउछिन् ।
निर्मला भन्छिन् ,‘ सोल काराखानाको लागि मैले कतैबाट ऋण लिनु परेन , जुत्ता चप्पल बनाउने व्यवसायबाटै कमाएर बचत गरेको रकमले सोल कारखाना खोलेका हौ ।
सोल उत्पादनका लागि कच्चा पदार्थ प्लाष्टिकका कचरा प्रयोग हुने भएकाले कच्चा पदार्थको पनि समस्या नभएको निर्मला बताउछिन् ।
निर्मला भन्छिन् ,‘ सोलका लागि कच्चा पदार्थ खोज्न टाढा कहि पनि जानै पर्दैन् , गाँउ र आसपासका मानिसले प्लाष्टिकको कचरा संकलन गरेर ल्याउछन् हामीले किलोको १५ देखि ३५ रुपैया सम्मको भाउमा किन्छौ , त्यहि कचाराबाट सोल बनाउछौ ।
गाँउघरका सडक , नाला र खेतबारीमा फयाँकिने प्लाष्टिकका झोला , प्योकट जस्ता कचरा आफुहरुले किन्न थालेपछि अहिले गाँउनै सफासुग्घर पनि भएको निर्मला बताउछिन् ।
सोल उत्पादन गर्ने उद्योग सन्चालनमा ल्याएपछि निर्मला र उनका श्रीमान् उमेशको व्यवसायिक व्यस्तता झन बढेको छ ।
आफनो कारखानालाइ चाहिने बाहेक अन्य शहरका जुत्ता चप्पल उद्योगलाइ पनि निर्मला र उमेशले सोल आपुर्ति गर्दै आएका छन् ।
निर्मला भन्छिन् ,‘ हाम्रो जुत्ता चप्पल र सेण्डिल सर्लाहकै हरिवन , नवलपुर, लालबन्दी , बरहथवा , महोत्तरीको बर्दिवास , जलेश्वर सम्मका होलसेल पसलवालो किनेर लैजान्छन् , सोल चाहि वीरगन्ज , जनकपुर , रामेछापको मन्थली ,झापाको विर्तामोड सम्मका उद्योगहरुले अर्डर गरिरहेका छन् ।
उमेश भन्छन् ,‘ बाहिरका उद्योगहरुले मागे जतिको सोल उत्पादन गर्न भ्याइरहेका छैनौ ।

कामको चाप बढेका बेला भने निर्मला र उमेश आफै पनि कालीगढ र कामदारसंगै खट्छन् ।
निर्मला भन्छिन् ,‘ बजारमा अर्डर लिन गएका बेला बाहेक अरु बेला हामी दुवै जना पनि मशीन र डाइ चलाउछौ , मिस्त्रीले काम गरेको हेरेर बस्नुको सटटा आफै पनि काम गरयो भने कम से कम त्यो मजदुरी (पारिश्रमिक) त अरुलाइ दिनु पर्दैन ।
बजारमा नयाँ नयाँ डिजाइनका जुत्ता चप्पल आइरहेका हुन्छन् । त्यसैले बजारको माग अनुसारको नयाँ नयाँ डिजाइनको उत्पादन गर्नु पर्ने हुन्छ ।
निर्मला भन्छिन् ,‘ बजारमा कस्तो कस्तो नयाँ डिजाइन आइरहेको छ भनेर मैले युट्युबमा सर्च गरेर हेर्छु अनि आफैले डिजाइन गर्छु , कहिले काही कामदारसंग पनि डिजाइनका बारेमा आइडिया लिन्छु ।

तीन वर्षको अवधीमा निर्मलालले जुत्ता चप्पल र सोल उत्पादन गर्ने दुइ छुटटा छुटटै उद्योग मात्र चलाएकी छैनन् , नजिकको लालबन्दी शहरमा ११ लाख रुपैयामा एउटा सटरसहितको घर किनेर जुत्ता चप्पलको पसल पनि राखेकी छन् ।निर्मला भन्छिन्,‘ पसलमा काम गर्ने मान्छे राखेको छु , हामीलाइ त काराखानाबाटै फुर्सद छैन ।बुहारी घर भित्रकै चुल्हो चौकाको काममै सिमित रहनु पर्ने मान्यता रहेको समाजकी बुहारी निर्मलाको सपना यति सफलतामा मात्रै सिमित छैन ।

निर्मला भन्छिन् ,‘ यहा भन्दा अगाडिको सपना भनेको आफनो जुत्ता चप्पलले पनि राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा नाम कमाएको अरु ब्राण्डको जस्तो स्थापित उत्पादन गर्ने हो , मलाइ विश्वास छ ढिलो चाडो एक न एक दिन मैले त्यो सपना अवश्य पुरा गर्छु नै ।

निर्मलाको हौसला थप्दै उमेश पनि भन्छन्,‘ मलाइ पनि भरोसा छ उनले आफनो सपना ढिलो चाडो पुरा गर्छिन नै , किन कि जे कुरा उनले एक पटक मनमा लिन्छिन् त्यो पुरा नगरे सम्म उनि रातदिन नभनि लागि रहन्छिन् , मैले पनि उनलाइ दिलो ज्यानले साथ दिदै आएको छु ।

शुरुवाती दिनमा तपाइको कुरा काट्नेहरु अहिलेको सफलता देख्दा के भन्छन् त ? यो प्रश्न गर्दा निर्मला हास्दै भनिन् ,‘ जसले फलानाकी बुहारी बिग्रि , चमारले गर्ने काम गर्न थालि भनेर खिसिट्युरी गर्थे आज तीनै व्याक्तिले मेरै दैलोमा आएर भन्छन् मेरो बुहारी पनि फुर्सदी भइ , यसलाइ पनि काममा लगाइ देउ दुइ चार पैसा भएपनि आम्दानी हुन्छ , यो सुन्दा धेरै खुशी लाग्छ ।

निर्मलाले थपिन् ,‘ मेरो समाजले मानेको संस्कारी बुहारीको मान्यता मैले अहिले पनि तोडेको छैन , असल बुहारीका सबै संस्कार अहिले पनि निभाइरहेको छु , त्योसंगै आर्थिक रुपमा आत्मनिर्भर हुन आफनो पेशा व्यवसाय पनि चलाइरहेको छु , किन कि पेशा गर्दा खराब बुहारी हुने अनि घर भित्रै घुम्सिएर बसे असल बुहारी हुने यो रिवाज म मान्दिन , चाहे दुनियाले जे सुकै भनोस् ।

२०७५ सालमा जुत्ता चप्पल बनाउने तालिम लिन निर्मलालाइ सहयोग गरेका स्थानीय केशवराज थापा भन्छन् ,‘ मधेसी समाजका लागि निर्मलाजी एउटा प्रेरणाको श्रोत हो , उहाको हौसला र सफलता देख्दा उहा मधेसकै एउटा रोल मोडेल महिला पनि हो भन्न सकिन्छ ।
मधेसी समाजकी बुहारी निर्मलाले आफैले उद्योग सन्चालन गरि आत्मनिर्भर बन्नुका साथै गाँउघरका आफुजस्तै दर्जनौ बुहारीहरुलाइ पनि रोजगारी दिएकाले उनि सफल उद्यमी पनि भएको थापा बताउछन् ।

थापा भन्छन् ,‘ घर व्यवहार आफै चलाउनु हुन्छ , शहर बजारमा अर्डर लिन र कच्चापदार्थ किन्न आफै जानुहुन्छ , क्लाइन्टलाइ कन्भिन्स पनि आफै गर्नु हुन्छ , २० जना कामदारको व्यवस्थापन गर्नु हुन्छ , मधेसी समाजको बुहारी भएरपनि यति धेरै जिम्मेवारी सफलतापुर्वक सम्हालेकाले म त भन्छु निर्मला जी हाम्रो मधेसको एक सफल र नमूना उद्यमी नै हो ।

त्योसंगै निर्मलाले प्लाष्टिकको कचाराबाट सोल बनाउने उद्योग सन्चानलनमा ल्याएपछि गाँउका सडक , नालासंगै वातावरण नै सफा सुग्घर भएको थापा बताउछन् ।

The post मधेसकै रोल मोडेल बुहारी निर्मला: गाँउमै चलाउदै छिन् दुइ वटा उधोग appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: मधेसकै रोल मोडेल बुहारी निर्मला: गाँउमै चलाउदै छिन् दुइ वटा उधोग
मधेसकै रोल मोडेल बुहारी निर्मला: गाँउमै चलाउदै छिन् दुइ वटा उधोग
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/6..jpg?resize=704%2C472&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/06/blog-post_835.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/06/blog-post_835.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy