वीरगंज, १४ असार ।
पर्सा, कैलाली, कञ्चनपुर, रूपन्देही र नवलपरासी (पश्चिम)मा चट्याङ लागेर ७ जनाको मृत्यु भएको छ ।
पर्सामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । सखुवा प्रसौनी गाउँँपालिका–१ औराहा रेन्ज निवासी ३२ वर्षीय हरिन्द्र दास थारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानी परेको बेला खेतमा आली लगाउँँदै गरेका थारूलाई दिउँसो ३ बजेतिर चट्याङ खसेर लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।
कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीस्थित रेडियन्ट ग्याँस कम्पनीको जमीनमा रोपाइँ गर्ने क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका–५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ् लागेर मंगलवार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी कैलालीकै कैलारी गाउँँपालिका–१ रानामुरा गाउँँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको आफ्नै घर नजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर मंगलवार बिहान मृत्यु भएको छ । चट्याङ लागेर अशक्त भएकी उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्पm लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
कञ्चनपुरको पुर्नवास नगरपालिका–६ न गाउँँ बस्ने ४० वर्षीय देपेन्द्र श्रेष्ठ र सोही नगरपालिका–८ क गाउँँ बस्ने २५ वर्षीया शारदा थापाको आ–आफ्नो खेतवारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलवार बिहान मृत्यु भएको छ । रूपन्देहीको सियारी गाउँँपालिका–२ च्याङठा बस्ने ४५ वर्षीय रामनाथ बरईको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलवार बिहान मृत्यु भएको छ ।
नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका–९ स्वाठी बस्ने ६० वर्षीया मराछी चौधरीको चट्याङ लागेर मंगलवार बिहान मृत्यु भएको छ । रामग्राम नगरपालिका–१० लक्ष्मीपुरास्थित छोरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर अशक्त भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।