पर्सामा आत्महत्याको घटना बढ्दो , ११ महिनामा ७९ जनाले गरे आत्महत्या

मधेसखबर
वीरगन्ज,०२असार :पर्सा जिल्लामा आत्महत्याको घटना वर्षेनी बढ्दो क्रममा रहेको पाइएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चालु आर्थिक वर्षको साउन देखि जेठ सम्म ११ महिनामा पर्सामा ७९ जनाले आत्महत्या गरिसकेका छन् ।

तीमध्ये ६९ जनाले झुन्डिएर अर्थात पासो लगाएर आत्महत्या गरेका हुन् भने १० जनाले विष सेवन गरि आत्महत्या गरेका हुन् । यहि अवधीमा पासो लगाएर ८ जनाले र विष खाएर आत्महत्या गर्न खोज्ने १ सय ४ जना रहेका छन् ।
गत आर्थिक वर्षमा भने पर्सामा १ सय २० जनाले आत्महत्या गरेका थिए । तीमध्ये १ सय ४ जनाले झुन्डिएर आत्महत्या गरेका थिए भने १५ जनाले विष सेवन गरेर आत्महत्या गरेका थिए । त्यसअघिकोे आर्थिक वर्ष २०७६÷०७७ मा भने ९५ जनाले आत्महत्या गरेका थिए ।

प्र्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालका अनुसार आत्महत्या गर्नेमा बढी महिला रहेका छन्  । महिलामध्ये अविवाहित÷नाबालिका पनि रहेका छन् । आत्महत्या गर्ने विवाहिता महिलाहरुमा लैंगिक हिंसामा परेकाहरू, दाइजो तथा घरेलु हिंसापीडितहरू बढी हुने गरेका छन् । नाबालिकाहरूले प्रेमसम्बन्धमा असफलता र निर्णय क्षमताको कमीको कारण पनि आत्महत्याको बाटो रोज्ने गरेको पाइएको खनालले बताए ।आत्महत्या गर्ने पुरुषहरुमा बेरोजगारी, नैराश्य, साइबर बुलिंगका कारण प्रेम सम्बन्धहरू सार्वजनिक हुने लगायतका रहेको खनालले बताए ।

वीरगन्जका मानसिक रोग विशेषज्ञ डा. भरत गोइतका अनुसार , सहनशीलताको कमी, आत्महत्यालाई निरुत्साहित गर्न सरकारीस्तरबाट कुनै प्रयास नहुनु जस्ता कारणले आत्महत्याको घटना बर्सेनि बढ्दो क्रममा रहेको छ । खासगरि मधेसमा आत्महत्या गर्ने सोच आएका व्यक्तिलाई रोक्न वा सुझाव दिन कुनै सोधपुछ केन्द्र, मानसिक अस्पताल वा टोल फ्रि नम्बर आदि नरहेको उनले बताए । मानसिक तनाव भएका तथा लागूऔषध सेवनकर्ताहरूले पनि आत्महत्या गर्ने सम्भावना बढी रहेको उनको भनाइ छ ।

The post पर्सामा आत्महत्याको घटना बढ्दो , ११ महिनामा ७९ जनाले गरे आत्महत्या appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पर्सामा आत्महत्याको घटना बढ्दो , ११ महिनामा ७९ जनाले गरे आत्महत्या
पर्सामा आत्महत्याको घटना बढ्दो , ११ महिनामा ७९ जनाले गरे आत्महत्या
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/sucide.webp?resize=716%2C408&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/06/blog-post_67.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/06/blog-post_67.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy