मधेसखबर
वीरगन्ज,२९जेठ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौडाको पशुपतिनगरमा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबु र छोरीको मृत्यु भएको हो ।एन एल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटको ठक्करबाट हेटौँडा–९ बस्ने ५५ वर्षीय ईश्वर तामाङ र उनकी छोरी अमिना तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यहि ग्याँस बुलेटले हेटौडाकै रातोमाटेमा एउटा जीपलाई पनि ठक्कर दिएको थियो ।बुलेट चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
The post हेटौडामा ग्याँस बुलेटको ठक्कर बाबु छोरीको मृत्यु appeared first on Madhes Khabar.