- यितेन्द्र शर्मा
भारतको सत्ताधारी राष्ट्रिय जनतान्त्रि क गठबन्धन (एन.डी.ए.) ले आदिवासी महिला द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार घोषणा गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेतको समर्थनबाट उनलाई राष्ट्रपति पदको उम्मेदवार घोषित गरिएको छ । उहाँ झारखण्डका भुतपूर्व राजयपाल र ओडिसा प्रान्तका भुतपूर्व मन्त्री पनि हुनुहुन्छ । उनले 18 जुलाईमा हुने राष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार तथा पूर्व भाजपा नेता यशवन्त सिन्हासित प्रतिस्पर्धा गर्नेछिन ।अंकगणितका हिसाबले एनडीए प्रत्याशी द्रौपदी मुर्मु राष्ट्रपतिको पदमा निर्वाचित हुने सम्भावना बढी देखिन्छ । संभवतः भारतकी उनी पहिलो आदिबासी राष्ट्रपति र देशको दोस्रो महिला राष्ट्रपति हुनेछिन । यसलाई एउटा संयोग नै मान्नुरपर्ने हुन्छ कि एकै समयमा नेपाल र भारत समेतका राष्ट्रपतिको पदमा महिला नै विराजमान रहनेछिन ।
द्रौपदी मुर्मु प्रमुख राजनीतिक दलका गठबन्धनबाट ओडिसाबाट पहिलो राष्ट्रपति उम्मेदवार हुन । उनले आफ्नो जीवनमा संघर्ष जारी राखिन र झारखण्डको पहिलो महिला गर्भनर बनेकी थिईन । उनले सन् 2015 देखि 2021 साल झारखण्डको गभर्नरको रुपमा काम गरिन । उडिसाको पिछडिएको मयुरभन्ज जिल्लाको एउटा गरिब आदिबासी परिवारमा जन्मिएकी द्रौपदी मुर्मुले चुनौतिपूर्ण परिस्थितिको वावजुद आफ्नो पढाई जारी राखीन । उनले श्री अरविन्दो इन्टिग्रल एजुकेशन सेन्टर रैरङ्गपुरमा अध्यापन गर्थिन । रमादेवी महिला कलेज भुवनेश्वहरमा बीए गरेकी थिईन । उनले रैरङ्गपुरको निगमको उपाध्यक्षका रुपमा आफ्नो राजनीतिक करियर सुरु गरेकी थिईन । एक मन्त्रीको रुपमा उनले यातायात र वाणिज्य, पशुपालन र मत्स्यपालन विभागहरु सम्हालिन र उनले 2004 देखि 2009 सम्म ओडिसा विधान सभामा पूनः विधायकको रुपमा सेवा गरिन । ओडिसा विधान सभाले उनलाई सर्वश्रेष्ठ विधायकको लागि "निलकन्ठ पुरस्कार" बाट सम्मानित गरेको थियो । सन् 1979 देखि 1983 सम्म सिंचाई तथा उर्जा विभागमा कनिष्ठ सहायकको रुपमा काम गरिन । उनले भाजपाका धेरै संगठनात्मक पदहरु सम्हाली सकेकी छिन राज्य एसटी मोर्चाको उपाध्यक्ष थिईन । भाजपाका सम्मानित नेता पनि थिईन ।