मधेसखबर
वीरगन्ज,१७जेठः वीरगन्ज महानगरमा छाडा साँढेको आक्रमणबाट गम्भिर घाइते भएका लक्ष्मण रामको उपचारको खर्च सम्पूर्ण खर्चको जिम्मा महानगरपालिकाको कार्यालयले लिने भएको छ ।
वीरगन्ज महानगरपालिकाको परवानीपुर सडकखण्डमा दुई दिन अघि छाडा साँढेको आक्रमणबाट गम्भीर घाइते भएका रामको वीरगन्जको बाइपास स्थित स्पर्स मल्टिस्पेशलिटी अस्पतालमा उपचार भइरहेको छ ।
रामको पारिवारिक अवस्था अत्यन्त कमजोर भएका कारण उनको उपचार खर्च महानगरपालिकाको कार्यालयले व्यवहोर्ने भएको हो ।
मङगलबार दिउसो अस्पतालमै पुगेर मेयर राजेशमान सिंहले घाइते रामको अवस्था बारे जानकारी लिदै उनको उपचार खर्च महानगरले व्यवहोर्ने बताएका हुन् । गरिबीको कारण रामको उपचारमा कठिनाइ भएको जानकारी पाउनासाथ मङगलबार मेयर सिंह उनलाइ भेट्न अस्पताल पुगगेका थिए ।
रामको पारिवारिक आर्थिक अवस्था अत्यन्त दयनीय रहेको र छाडा चौपाया नियन्त्रण नहुँदा रामको अवस्था गम्भीर भएको हुँदा उनको उपचारको खर्च महानगरपालिकाले व्यहोर्ने निर्णयमा पुगेको मेयर सिंहले बताए ।
मेयर सिंहले वीरगन्जका सडकमा छाडा चौपाया नियन्त्रणमा लिन शुरु गरिसकिएको पनि बताए ।
वीरगन्जका सडकमा छाडा छाडिएका गाई, साँढे, बाछाबाछी, घोडा , बाख्रालाइ नगरप्रहरीले नियन्त्रणमा लिएर कान्जी हाउसमा राख्न थालेको जानकारी उनले दिए । कान्जी हाउसमा राखिएका छाडा चौपायाहरु महानगरपालिका आफैले हेटौडा स्थित गौशालामा पु¥याउने उनले बताए ।
जरिवाना र चेतावनीमा अटेरी गर्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले छाडा चौपाया नियन्त्रणपछि जफत गर्ने र ती चौपायालाई हेटौडा गौशालामा पुरयाईने निर्णयमा पुगेको मेयर सिंहले बताए ।
The post साँढेको आक्रमणबाट घाइते रामको उपचार खर्च महानगरले व्यवहोर्छ – मेयर सिंह appeared first on Madhes Khabar.