
काठमाडौँ । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च अदालत जानुभएको छ ।
उहाँले वारेसमार्फत आज सर्वोच्च अदालतमा रिट निवेदन पेश गर्नुभएको हो । उहाँले पेश गर्नु भएको रिट निवेदनमा सर्वोच्च अदालतले अध्ययन गरिरहेको सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
एआइजी पोखरेलले सिंह भन्दा आफु वरिष्ठ र कार्यसम्पादन मूल्याङ्कनमा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट लिएर जानुभएको हो ।
मन्त्रिपरिषद् बैठकले आइतबार प्रहरी महानिरीक्षकमा एआईजी धिरजप्रताप सिंहलाई बढुवा गरेको थियो भने आज उहाँले दर्ज्यानी चिन्हसमेत पाइसक्नुभएको छ ।