वीरगंज २९ चैत । तस्करबाट नियन्त्रणमा लिएको तस्करीको काजु घुमुवा प्रहरीले आधा बुझाएर आधा आफैले राखेको समाचार प्रकाशमा आएको छ ।
नेपाल प्रहरीको प्रधान कार्यालयले सबै जिल्लाला सादा पोसाकका घुमुवा प्रहरी परिचालन नगर्न कडा निर्देशन दिएको भएपनि बारा, पर्सा जिल्लामा भने घुमुवा प्रहरी तस्करहरूसँग रकम उठाउन परिचालित छन् ।
नेपाल प्रहरीको प्रधान कार्यालयले सबै जिल्लाला सादा पोसाकका घुमुवा प्रहरी परिचालन नगर्न कडा निर्देशन दिएको भएपनि बारा, पर्सा जिल्लामा भने घुमुवा प्रहरी तस्करहरूसँग रकम उठाउन परिचालित छन् ।
घुमुवा प्रहरी सिमावर्ती एरियामा सकृय हुन्छन् । बाराको बलिरामपुर नाकाबाट तस्करी गर्न घुमुवा प्रहरी हवल्दार सलेख पटेलले छुट दिएका थिए तर के मा कुरा मिलेन र रक्सौलबाट ना २६ त ८५८६ नम्बरको स्कुटीमा एउटा झोलामा ३० केजी र अर्काे झोलामा २० केजी काजु राखेर आउदै गरेको तस्करलाई रोकेर प्रह पटेलले काजुको झोला खोसे । तस्करले रकम बुझाएको भन्दा पनि छाडेनन् ।
उनले जिल्लामा बुझाउदा भने ३० केजीको झोला मात्र बुझाएर २० केजी काजुको झोला भने आफैले राखेका छन् ।