धबन गउपलक :एक वरषम लखक नसत चय पकउन लखक गयस

वीरगन्ज ,३२ जेष्ठ : पर्साको धोबिनी गाउँपालिका कार्यालयमा एक वर्षको अवधिमा झन्डै १५ लाख रुपैयाँ खाना खाजामा खर्च गरेको पाइएकाे छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा धाेबिनी गाँउपालिकाकाे कार्यालयले विविध खर्चका लागि भन्दै ४० लाख रुपैयाँ विनियाेजन गरेकाे थियाे । त्यहि बजेटबाट झन्डै १५ लाख रुपैयाँ खाजामा मात्रै खर्च गरेको पाइएकाे हाे ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको धाेबिनी गाउँपालिकाको वार्षिक लेखापरिक्षणको प्रतिवेदनअनुसार धोबिनी गाउँपालिकाकाे कार्यालयले विभन्न १५ वटा हाेटल र मिठाइँ पसलबाट १४ लाख ९५ हजार ८३० रुपैयाँको खाजा नास्ता खरिद गरेको उल्लेख छ ।

खर्च गर्नेमा पूराना र नयाँ जनप्रतिनिधि दुवै छन् । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन पूर्व रहेका जनप्रतिनिधि र पछि निर्वाचित भएर आएका नयाँ जनप्रतिनिधिले समेत मनपरी ढङ्गले खाना र खाजामा मात्रै उक्त रकम खर्च गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

धाेबिनी गाउँपालिका कार्यालयले खाजा खर्च बापतको बिल पेश गरेपनि खर्च गर्नुपर्ने आधार स्पष्ट पार्न नसकेको पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। विविध खर्चको उद्देश्य र खर्चको यार्थाथता प्रमाणित गर्नुपर्नेमा गाउँपालिका कार्यालयले त्यस्तो गरेको देखिँदैन । खर्चको आधार स्पष्ट नपार्दा खाना र खाजा खर्चमा समेत गाउँपालिका कार्यालयले अनियमितता गरेको प्रष्ट हुन्छ ।

धाेबिनअं गाउँपालिका कार्यालयले विभिन्न मितिमा श्रीर सागर स्विट्सबाट १ लाख ९२ हजार १९५, होटल सगुनबाट २ लाख ३५ हजार ३४५, अनमोल स्विट्सबाट ४ लाख ९५ हजार ७९५, विर्ता स्विट्स एण्ड होटलबाट ८६ हजार, दाजुभाइ मिष्ठान भण्डारबाट ४ लाख ८६ हजार रुपैयाँको गरेर कूल १४ लाख ९५ हजार ८३० रुपैयाँको खाजा नास्ता खरिद गरेको छ ।

त्यस्तै धाेबिनी गाउँपालिकाले एक वर्षकै अवधिमा चिया पकाउनका लागि एलपीजी ग्याँस भराउन मात्रै २ लाख भन्दा बढी रकम खर्च गरेकोपनि पाइएको छ ।

धाेबिनीगाउँपालिका कार्यालयले २०७८ फागुन २२ गते नेपाल जेनरल अर्डर सप्लायर्सलाई सिलिण्डरमा ग्याँस भर्न (रिफिल) बापत १ लाख १ हजार ७५ रुपैयाँ र २०७९ वैशाख २५ गते फेरी सोही सप्लायर्सलाई १ लाख ८ सय रुपैयाँ गरी कूल २ लाख १ हजार ८७५ रुपैयाँ भुक्तानी गरेको देखिएको महालेखाकाे प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिका कार्यालयमा एउटा चिया पकाउने बाहेक ग्याँस सिलिण्डरको अरु केही प्रयोजन नदेखिएको हुँदा वर्षभारीमा कसको ग्याँस रिफिल गरेको हो साथै कहाँ प्रयोग भएको भन्ने प्रमाणित हुने आधार लेखापरीक्षणको क्रममा पेश नदेखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

The post धाेबिनी गाँउपालिका :एक वर्षमै १५ लाखकाे नास्ता, चिया पकाउन २ लाखकाे ग्याँस appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: धबन गउपलक :एक वरषम लखक नसत चय पकउन लखक गयस
धबन गउपलक :एक वरषम लखक नसत चय पकउन लखक गयस
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/06/GridArt_20230615_114816059-scaled.jpg?resize=1400%2C1400&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/06/blog-post_68.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/06/blog-post_68.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy