३० कराेडकाे एमआरआई मेसिन नारायणी अस्पतालमा अढाई महिनादेखि अलपत्र

वीरगन्ज ,२२जेष्ठ : ३० करोड रुपैयाँको एमआरआई मेसिन वीरगन्जको नारायणी अस्पताल परिसरको खुला आकाशमुनि साढे २ महिनादेखि थन्किएको छ । अस्पतालमा एमआरआई कक्ष तयार भए पनि प्रशासनको लापर्बाहीका कारण महँगो उपकरण अस्पताल परिसरमै त्रिपालले छोपेर राखिएको छ ।

 

स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत यो उपकरण खरिद गरेको हो । तर ठेकेदार कम्पनीले हिलियम ग्यासको अभावका कारण मेसिन जडान गर्न नसकेको जनाएपछि मेसिन अस्पताल परिसरमै प्रयोगविहीन बनेको छ ।

महँगो र अति नाजुक मानिने यो मेसिन अस्पताल परिसरमा यसरी राखिँदा क्षति वा पार्टपुर्जा चोरी हुनसक्ने सम्भावना पनि उत्तिक्कै रहेको स्थानीय ओमप्रकाश सर्राफ बताउँछन् । साथै सेवाग्राहीका लागि अति उपयोगी हुनसक्ने मेसिनलाई अस्पताल परिसरमै त्रिपालले छोपेर राख्दा असुरक्षित हुने भन्दै स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन् ।

‘एकातिर अस्पतालमा एमआरआई कक्ष तयार छ, अर्कोतिर आइसकेको मेसिन अढाई महिनादेखि कक्षमा जडान नगरी खुला आकाशमुनि राखिएको छ,’ सर्राफले भने, ‘यो कस्तो बिडम्बना हो, कक्ष तयार छ भने त्यसमा मेसिन जडान गरेर कम्तीमा मेसिनलाई सुरक्षित राख्नुपर्‍यो ।’

अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंह ठेकेदार कम्पनीले हिलियम ग्यासको अभावका कारण मेसिन जडान गर्न नसकेको जवाफ दिँदै आएको बताउँछन् । ‘एमआरआाई मेसिन सञ्चालन गर्न हिलियम ग्यासको आवश्यकता पर्ने रहेछ, यो ग्यासको हाल विश्वव्यापी अभाव रहेको छ,’ उनले भने, ‘अस्पताल प्रशासनले अस्पतालमा एमआरआई कक्ष तयार गरिसकेको छ, त्यहाँ एमआरआई उपकरण सहजै जडान गर्न सकिन्छ, तर ठेकेदारले नै ग्यासको अभाव देखाएर मेसिन जडान गर्न नचाहेपछि हामी के नै गर्न सक्छौं ।’

उनले अस्पतालमा एमआर आई कक्ष तयार हुनुका साथै यो उपकरण सञ्चालन गर्न अस्पतालसँग जनशक्ति समेत उपलब्ध रहेको बताए । ‘हामीसँग तत्काल नेपाल सरकारको मापदण्ड अनुसारको मेसिन चलाउने जनशक्ति उपलब्ध छ,’ उनले भने, ‘थप एक जना रेडियोलोजिस्ट जनशक्ति थपिएको खण्डमा सहजतापूर्वक यो मेसिन सञ्चालन गर्न सकिन्छ ।’

मेसिन सञ्चालनमा आएमा एमआरआई मेसिनले मानव शरीरको सुक्ष्म भागहरुको एक्स रे गरेर रोग पहिचान गर्ने हुँदा सेवाग्राहीले नारायणी अस्पतालबाटै भरपर्दो र सस्तो उपचार सेवा पाउने डा. सिंह दाबी गर्छन् । नारायणी अस्पताल पर्सादेखि सर्लाहीसम्मका तथा सीमावर्ती भारतीय गाउँका बिरामीहरुको समेत उपचार गन्तव्य रहँदै आएको छ ।शंकर आचार्य /कान्तिपुर

The post ३० कराेडकाे एमआरआई मेसिन नारायणी अस्पतालमा अढाई महिनादेखि अलपत्र appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: ३० कराेडकाे एमआरआई मेसिन नारायणी अस्पतालमा अढाई महिनादेखि अलपत्र
३० कराेडकाे एमआरआई मेसिन नारायणी अस्पतालमा अढाई महिनादेखि अलपत्र
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/06/IMG_20230605_132927.jpg?resize=1080%2C564&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/06/blog-post_51.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/06/blog-post_51.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy