
वीरगन्ज, ३० जेष्ठ : पर्साको जगरनाथपुर गाउपालिका वडा नंबर २ पाण्डेपुरमा मंगलबार आगलागी हुदा एक जनाको घर जलेर नष्ट भएको छ ।
पाण्डेपुरमा मंगलबार बिहान ११ ः३० बजे स्थानीय मन्जु महतो नुनियाको फुसको घरमा आगलागी भएको हो । आगलागीबाट नुनियाको फुसको घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेको लताकपडा, भाडावर्तन, अन्नपात, एउटा मोटरसाइकलका साथै केहि नगद पनि जलेर नष्ट भएको प्रहरी चौकी पान्डेपुरले जनाएको छ ।
आगलागीको कारण भने हालसम्म खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
The post पर्साको पाण्डेपुरमा आगलागी हुदाँ घर जलेर नष्ट appeared first on Madhes Khabar.