परवानीपुर गाँउपालिका : इन्धनमा मात्रै मासिक लाखाैलाख खर्च

बारा,१३जेष्ठ :बाराको परवानीपुर गाउँपालिका कार्यालयले इन्धनमा मात्रै मासिक लाखौँलाख रकम खर्च गर्दै आइरहेको पाएको छ ।गाउँपालिकाले कार्यालयले उपलब्ध गराएको विवरण अनुसार पालिकामा पेट्रोल र डिजल प्रयोगमा मासिक मात्र मासिक दुई लाखभन्दा बढि खर्च हुँदै आएको हो । गाउँपालिका कार्यालयमा पालिका अध्यक्षदेखि कार्यालय सहयोगी समेतले आफ्नो सुविधा अनुसार इन्धनको खपत गर्दै आएका छन् ।

पालिकाको तथ्यांकअनुसार पालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतले मात्र साढे ७ सय लिटर भन्दाबढि इन्धन खपत गरीरहेको देखिएको छ । यस्तै पालिकाको विभिन्न शाखाका प्रमुखदेखि कार्यालय सहयोगीसहित ४३ जनाले आफ्नो आवश्कताअनुसार इन्धन लिँदै आएका छन्।

कार्यालयका अनुसार यस कार्यालयमा मासिक ५ सय १० लिटर पेट्रोल र ७ सय १० लिटर डिजल खपत हुदै आएको छ । यस्तै पालिकामा रहेको डोजर र ट्रयाक्टरले भने आवश्कता अनुसार खपत गर्दै आएका छन् । जुन पालिकाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख नभएको अवस्था छ ।

अहिलेको मुल्य अनुसार पेट्रोलमा मात्र मासिक ९० हजार खर्च भइरहेको छ भने डिजेलमा मात्र एक लाख २५ हजारको हाराहारीमा खर्च भएको पालिकाले दिएको विवरणमा उल्लेख छ । यो तथ्यांक अनुसार यस पालिकामा करिब नौ महिनाको अवधिमा करिब साढे २० लाख खर्च भइसकेको अवस्था छ ।

२० लाख रकम सकेपछि इन्धन वितरण रोकियो

गाउँपालिकाको इन्धन शीर्षकमा नौ महिनामा २० लाख रकम सकेपछि इन्धन वितरण अहिले रोकिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना प्रसाद रौनीयारले पालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा छुट्याएको इन्धन शीर्षकको रकम सकेपछि रोकिएको जानकारी दिए ।

उनका अनुसार पालिकामा आवश्यकता अनुसार सबैले इन्धन सुविधा लिदै आएकाले नौ महिनामा २० लाख रकम सकेको अवस्था छ । बजेट सकेपछि बैशाख महिनादेखि पालिका प्रमुखदेखि कार्यालय सहयोगीले आफैँले इन्धन हालिरहेको रौनीयारले बताए ।

इन्धनमा भएको खर्च विवरण मासिक वितरण प्रणाली अनुसार रहेपनि गाउँपालिकामा रहेका सवारी साधनहरुमा विभिन्न समयमा प्रयोग भएको इन्धन खर्चको लगबुक नराखेको अवस्था छ । पालिकाले इन्धन खर्चको मापदण्ड नबनाई खर्च लेख्दा इन्धनको प्रयोगमा दुरुपयोग बढेको छ ।
नयाँपत्रिका दैनिकमा याे समाचार पत्रकार तिवारी यादवले लेखेका छन् ।

The post परवानीपुर गाँउपालिका : इन्धनमा मात्रै मासिक लाखाैलाख खर्च appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: परवानीपुर गाँउपालिका : इन्धनमा मात्रै मासिक लाखाैलाख खर्च
परवानीपुर गाँउपालिका : इन्धनमा मात्रै मासिक लाखाैलाख खर्च
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/IMG_20230527_142248.jpg?resize=1080%2C559&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/05/blog-post_972.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/05/blog-post_972.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy