वीरगन्ज,३जेष्ठ : बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय विश्वराज मरासिनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मरासिनीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
मरासिनी र तत्कालीन लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीले नगरपालिकाबाट आर्थिक वर्ष २०७५/०७६ मा देवापुर माछापोखरी ठेक्कामा धरौटीबापत ९ लाख २२ हजार ५०० रुपैयाँ सम्झौता हुनुअगाडि नै फिर्ता गरी हानिनोक्सानी पु¥याएको अख्तियारको दाबी छ ।
यस्तै सिम्रौनगढ नगरपालिकाकै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले पुनः देवापुर पोखरी ठेक्काको सूचना प्रकाशन गर्दा आफूखुसी ९ लाख ९५ हजार रुपैयाँ घटी राजस्व असुल गरी राजस्व हिनामिना गरेको आरोप छ ।
The post सिम्रौनगढका पुर्व प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टचार मुद्दा दर्ता appeared first on Madhes Khabar.