‘वीरगन्जकाे मेनराेड विस्तारको मुद्दा टुङ्गो लागेको छैन, सर्वोच्चमा विचाराधीन छ’ : सडक डिभिजन कार्यालय

वीरगन्ज,५जेष्ठ : वीरगन्जको मुख्य सडक (मेनराेड) विस्तारको मुद्दा अहिलेपनि सर्वोच्च अदालतमा विचाराधीन रहेको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।

मुद्दा अदालतमा विचाराधीन रहेकोले त्रिभूवन राजपथअन्तर्गत पर्ने वीरगन्जको भन्सार क्षेत्र र रजतजयन्ती चोकदेखि गण्डक चोकसम्मको सडक फराकिलो गर्ने विषय अहिले टुङ्गो नलागिसकेको सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख सीडीई राकेश कुमार यादवले बताए ।

‘हेटौंडा बजारको सडक विस्तार गर्ने विषयमा मात्रै अदालतबाट आदेश आएको छ । वीरगन्जको मुद्दा अहिलेपनि सर्वोच्च अदालतमा विचाराधीन छ । यस विषयमा अहिलेसम्म केहि टुङ्गो लागेको छैन,’ यादवले भने, ‘खै कुन पत्रकारले के लेखिदिएको छ । हिजोदेखि स्पष्टिकरण दिँदादिँदै म हैरान छु ।’

वीरगन्जबाट प्रकाशित केहि सञ्चार संस्थाले वीरगन्जको मुख्य सडक विस्तारको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको भन्दै बिहिबार समाचार लेखेपछि यस विषयमा अन्योल सृजना भएको थियो ।

सर्वोच्च अदालतमा वीरगन्जको सडक फराकिलो गर्ने विषयमा अन्तिम सुनुवाई जेठ ३१ गते रहेको यादवले बताए । ‘वीरगन्जको सडकका बारेमा अहिले केहिपनि भन्न सकिँदैन । जेठ ३१ गते सुनुवाई छ, जे फैसला आउँछ हामीपनि सोहीअनुसार काम गर्छौं,’ यादवले स्पष्ट पारे ।

यद्यपि बागमती प्रदेशको राजधानी हेटौंडा बजारको सडक भने २५ गज बिस्तार गर्न अदालतले अनुमति दिएको यादवले जानकारी दिए । उनले हेटाैडाकाे सडकको मध्य बिन्दूबाट दुवै तर्फ २५/२५ गज सडक बिस्तार गर्न सर्वोच्चले फैसला सुनाएको बताए । ‘हेटौंडाको रातोमाटेदेखि राप्ति रोडसम्म लगभग ६ किलोमिटर २५/२५ गज सडक फराकिलो गर्ने हामीले तयारी गरेका छौँ,’ उनले भने, ‘वीरगन्जकाे बारेमा भने अदालतबाट फैसला आएपछि त्यहाँको सडकपनि फराकिलो गर्छौं ।’

The post ‘वीरगन्जकाे मेनराेड विस्तारको मुद्दा टुङ्गो लागेको छैन, सर्वोच्चमा विचाराधीन छ’ : सडक डिभिजन कार्यालय appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: ‘वीरगन्जकाे मेनराेड विस्तारको मुद्दा टुङ्गो लागेको छैन, सर्वोच्चमा विचाराधीन छ’ : सडक डिभिजन कार्यालय
‘वीरगन्जकाे मेनराेड विस्तारको मुद्दा टुङ्गो लागेको छैन, सर्वोच्चमा विचाराधीन छ’ : सडक डिभिजन कार्यालय
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/IMG-20230519-WA0002.jpg?resize=1280%2C960&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/05/blog-post_94.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/05/blog-post_94.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy