वीरगन्ज ,१४जेष्ठ : नेपाल क्रिकेट संघ क्यानले आगामी महिना जिम्बाबेमा हुने विश्वकप क्वालिफायर खेल्न राष्ट्रिय टोली घोषणा गरेको छ । जसमा अर्जुन साउद र किशोर महतो पनि समेटिएका छन् ।
गत बैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कप जित्दाको टोलीमा दुई खेलाडी थप्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो ।
राष्ट्रिय टोलीमा वीरगन्जका सहाेदर दाजुभाइ आरिफ शेख र आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् ।
नेपालले दक्षिण अफ्रिकामा आगामी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको अन्तिम तयारीको लागि जानेछ । नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्नेछ ।
नेपाली टिम दक्षिण अफ्रिकाबाट जेठ १८ मा जिम्बावे जानेछ । त्यसको एक दिनपछि नेपालले युएईसँग वार्मअप खेल खेल्नेछ ।
नेपालले जेठ ३० मा युएई र जेठ ३२ मा ओमानसँग वार्मअप खेल खेल्नेछ ।
नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग पनि वार्मअप खेल खेल्ने कार्यक्रम छ । नेपालले विश्वकप छनोट अघि खेल्ने चारै वार्मअप खेल एसोसिएट टोलीविरुद्ध हुनेछन् । प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ ।
नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्सबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
The post विश्वकप क्वालिफायर खेल्ने नेपाली टाेली घाेषणा , वीरगन्जका आरिफ र आसिफ पनि परे टिममा appeared first on Madhes Khabar.