वीरगन्ज महानगरमा एक जनापनि बालबालिकालाई पुर्णखाेपबाट बञ्चित हुन नदिने स्वास्थ्यकर्मीहरुकाे सामुहिक प्रतिबद्धता

वीरगन्ज ,९जेष्ठ : वीरगन्ज महानगरका सामुदायिक (सरकारी) स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले महानगरमा नियमित खाेपबाट एक जनापनि बालबालिकालाई बञ्चित हुन निदने सामुहिक प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य कार्यालय पर्साले वीरगन्जमा आयाेजना गरेकाे पूर्ण खोप सुनिश्चितता तथा दिगोपनको लागि पुर्नताजगी विषयक तीनदिने तालिमकाे समापनमा तालिममा सहभागी महानगरका ३२ वटै वडाका स्वास्थ्यकर्मीहरुले यस्ताे प्रतिबद्धता जनाएका हुन् ।

स्वास्थ्य कार्यालय पर्साकाे तथ्यांक अनुसार, पर्सामा गत पाँच वर्षको अवधिमा १४ हजार ७१५ जना बालबालिका पूर्ण खोपबाट बञ्चित भएका छन् ।स्वास्थ्य कार्यालय पर्साको तथ्यांक अनुसार , आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्ष २०७९/८० सम्म जिल्लाका १४ वटै पालिकामा गरि पूर्णखोपबाट १४ हजार ७१५ बालबालिका बञ्चित भएका हुन् ।

जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई विभिन्न १३ प्रकारका खोप नेपाल सरकारले स्वास्थ्य संस्थाहरु मार्फत निशुल्क उपलब्ध गराउदै आएको छ ।

सरकारले जिल्लाका हरेक वडामा खोपकेन्द्र स्थापना गरि निशुल्क खोप उपलब्ध गराउँदै आएको भएपनि जिल्लामा यति धेरै संख्यामा बालबालिकाहरु पूर्ण खोपबाट बञ्चित हुन पुगेका हुन् ।

तालिमकै क्रममा जिल्लामा पुर्णखाेप लगाउनबाट बञ्चित बालबालिकाका बारे यस्ताे तथ्यांक सार्वजिनक भएपछि तालिममा सहभागी वीरगन्ज महानगरका  स्स्थ्यवाकर्मीहरुले अब  एक जनापनि बालबालिका पुर्णखाेप लगाउनबाट बञ्चित हुन नदिने सामुहिक रुपमै लिखित प्रतिबद्धता जनाएकाे स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमाेद ठाकुरले जानकारी दिए ।

तीनदिने तालिमका क्रममा खोप केन्द्रमा खटिने स्वास्थ्यकर्मीको लापरवाही ,चाँडपर्बका बेला खोप सेसन सञ्चालन नहुननु , खोप सेसनको सञ्चालन मिति र समय निश्चित नहुनु ,अभिभावकहरुको हेलचेक्रयाई , अभिभावकमा सचेतनाको कर्मी इत्यादि कारणले बालबालिकाहरु पुर्णखाेप लिनबाट बञ्चित हुने गरेकाे बारेमा बताइएको थियाे ।

त्यसैलाई नै मध्यनजर गरि स्वास्थ्य कार्यालय पर्साले आइतबारदेखि स्वास्थ्यकर्मीका लागि तीनदिने पुर्नताजगी तालिम सञ्चालन गरेको थियाे । तालिममा महानगरका ३२ वटै वडामा रहेका सरकारी ३३ वटा र नीजी ४ वटा स्वास्थ्य संस्थाका गरि ९२ जना स्वास्थ्यकर्मी सहभागी थिए ।

तालिममा सहभागीहरुलाई राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य , उदेश्य , उपलब्धी र चुनौती लगायतका विषयमा खोप विज्ञहरुले प्रशिक्षण दिइएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी गराए । यसका साथै  कोहिपनि बालबालिका नियमित खोपबाट बञ्चित नहोउन् भन्नका लागि स्वास्थ्यकर्मीले अपनाउनुपर्ने विधी र उपाय बारेपनि प्रशिक्षण दिइएकाे थियाे ।

मंगलबार तालिमकाे अन्तिमदिन तालिममा सहभागीहरुले गीत, नृत्य र नाटकसहितकाे प्रयाेगात्मक अभ्यासपनि गरेका थिए ।

 

तालिममा सहभागी स्वास्थ्यकर्मीहरुले भने आफुहरुले इमानदारीपूर्वक दिनरात नभनि जनताकाे सेवामा खट्दै आएकाे भएपनि सरकारी सेवासुविधाबाट बञ्चित हुनेगरेकाे गुनासाे गरे । उनिहरुले तलब बाहेकका भत्ताकाे रकम महिनाैंदेखि नपाएकाे दुखेसाेपनि सुनाए ।

स्वास्थ्यकर्मीहरुकाे गुनासाे सुनेपछि जनस्वास्थ्य अधिकृत ठाकुरले नेपाल सरकारकाे नीति र नियमकानुनले ताेकेका सेवासुविधा स्वास्थ्य कार्यालयले नराेकेकाे र अबपनि नराेक्ने बताए।यदि कुनै गुनासाे वा समस्या भए सिधै आफू वा स्वास्थ्य कार्यालय प्रमुखलाई जानकारी गराउन आग्रह गर्दै उनले स्वास्थ्यकर्मीका जायज गुनासा र समस्या सम्बाेधनका लागि आफुहरु हरहमेशा तयार रहेकाे बताए ।

तालिमको समापन कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशाेर साहले तालिममा सिकेकाे सीप र ज्ञान उपयाेग गरेर आफ्नाे जिम्मेवारी र कर्तब्य इमानदारीपूर्वक निर्वाह गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । उनले कार्यक्षेत्रमा कुनै अप्ठ्यारो वा समस्या आइपरे त्यसलाई स्वास्थ्य कार्यालय वा पालिकासंग समन्वय गर्न आग्रह गर्दै तर कुनैपनि बालबालिका नियमित र पुर्णखाेपबाट बञ्चित हुने अवस्था आउन नदिन आग्रह गरे ।

साहकै अध्यक्षता एंव वीरगन्ज महानगरपालिकाका मेयरका प्रेस सल्लाहकार महेश दासकाे प्रमुख आतिथ्यतामा भएकाे समापन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले पनि मन्तव्य व्यक्त गरेका थिए ।

समापन कार्यक्रमकाे सहजीकरण स्वास्थ्य कार्यालय पर्साका अधिकृत माेहनलाल साहले गरेका थिए ।

The post वीरगन्ज महानगरमा एक जनापनि बालबालिकालाई पुर्णखाेपबाट बञ्चित हुन नदिने स्वास्थ्यकर्मीहरुकाे सामुहिक प्रतिबद्धता appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्ज महानगरमा एक जनापनि बालबालिकालाई पुर्णखाेपबाट बञ्चित हुन नदिने स्वास्थ्यकर्मीहरुकाे सामुहिक प्रतिबद्धता
वीरगन्ज महानगरमा एक जनापनि बालबालिकालाई पुर्णखाेपबाट बञ्चित हुन नदिने स्वास्थ्यकर्मीहरुकाे सामुहिक प्रतिबद्धता
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/IMG_20230523_170456-scaled.jpg?resize=1400%2C1050&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/05/blog-post_694.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/05/blog-post_694.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy