नेपालमा भारु ५ सय र २ हजार दरका नाेटमाथि लगाईएकाे प्रतिबन्ध हटाउन मेयर सिंहकाे माग

वीरगन्ज ,३जेष्ठ : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जकाे व्यपार व्यवसाय र पर्यटन क्षेत्रलाई पुन चलायमान बनाउन नेपालमा भारतीय ५ सय र २ हजार दरका नाेटमाथि लगाईएकाे प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् ।

बुधबार वीरगन्जमा नेपाल भारत उद्योग वाणिाज्य संघ वीरगन्ज च्याप्टरकाे पदास्थापन समाराेहलाई सम्बाेधन गर्दै मेयर सिंहले यस्तो बताएका हुन् । उनले नेपालमा २५ हजार भन्दाबढि भारु लिएर आउन नपाउने नियमपनि हटाउनु पर्ने बताए ।सिंहले भने, जबसम्म याे नियम हट्दैन अर्थात नेपालमा भारतीय मुद्रामाथि लगाईएकाे कडाई खुल्ला हुदैन तबसम्म वीरगन्ज क्षेत्रकाे व्यपार व्यवसाय र यहाँकाे पर्यटन क्षेत्र पुन लयमा फर्किन सक्दैन ।

सिमा नाकामा खटिने नेपालका प्रहरीकाे गाेजी भारी बनाउने नियतले यस्ताे अव्यवहारिक नियम लगाइएकाे हुन सक्ने मेयर सिंहकाे कटाक्ष थियाे ।

उनले सिर्सिया नदिकाे प्रदुषण नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले थालेकाे अभियानमा यहाँकाे नीजि क्षेत्रले सहयाेग नगरेकाे गुनासाेपनि गरे।मेयर सिंहले वीरगन्ज भएर भारतसम्म पुगेकाे सिर्सिया नदिकाे प्रदुषण नियन्त्रण हुन नसक्दा यसले वीरगन्ज रक्साैल बिचकाे सम्बन्धमा खटास् ल्याएकाे पनि बताए । उनले भने, रक्साैलतिर नदिकाे पानी सङ्लाे हुन्छ तर वीरगन्जतिर कालाे लेदाेसहितकाे गन्हाउने पानी बग्छ जुन रक्साैलमा पुग्दा त्यसले त्यताकाे पानी पनि फाेहाेर बनाईदिन्छ , यसले रक्साैलका स्थानीय पनि पिडित छन् ।

त्यसकारण सिर्सिया नदिकाे प्रदुषण नियन्त्रण अति नै आवश्यक भएकाले यसमा यहाँकाे नीजि क्षेत्रकाे साथ चाहिएकाे उनले बताए । उनले भने, अब सिर्सिया नदिकाे प्रदुषण नियन्त्रणकाे जिम्मा नेपाल भारत उद्योग वाणिज्य संघकाे वीरगन्ज च्याप्टरले लिनुपर्छ ।

वीरगन्ज महानगरलाई हाम्राे वीरगन्ज राम्राे वीरगन्ज बनाउने लक्ष्यका साथ आफुले काम गरिरहेकाे भएपनि यसमा पनि यहाँकाे नीजी क्षेत्रले साथ नदिएकाे गुनासाे उनले सुनाए । उनले भने, अब यहाँका युवा उद्योमीहरु मिलेर नेपाल भारत उद्योग वाणिज्य संघकाे वीरगन्ज च्याप्टर खाेलेका छन्, याे उर्जाशील टिमले भने महानगरकाे अभियानलाई साथ दिनेछ भन्ने विश्वास लिएकाे छु ।

वीरगन्जलाई भन्नका लागि मात्र आर्थिक नगरी भनिएकाे तर सरकारले याे शहरलाई कर असुल्ने शहरका रुपमा मात्रै लिएकाे उनले बताए ।

उनले भारतीय लगानी भित्र्याउन यहाँको नीजि क्षेत्रलाई आग्रह गर्दै वीरगन्जमा नयाँ ओैधाेगिक काेरिडाेर स्थापनाका लागि वीरगन्ज महानगरपालिकाले २ सय बिघा जग्गा उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए ।तर यसका लागि ती उद्योगहरुमा नेपालीलाई मात्रै राेजगारी दिनुपर्ने आफुहरुकाे शर्त रहने पनि उनले बताए ।

नेपाल भारत उद्योग वाणिाज्य संघकी सभापति सृजना राणााकाे अध्यक्षता तथा प्रदेश सरकारका पुर्वमन्त्री ओमप्रकाश शर्माको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डाक्टर सुबाेध गुप्ता, महासंघका मधेस प्रदेश अध्यक्ष अशाेक टेमानी, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशाेक बैध्य, वीरगन्ज महानगरपालिकाका पुर्व मेयर विजय सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , मधेस प्रदेश उद्योग विभागका महाप्रबन्धक सुशील साह , वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गाैतम, उपाध्यक्ष माधव राजपाल लगायतको पनि सहभागीता थियाे ।

The post नेपालमा भारु ५ सय र २ हजार दरका नाेटमाथि लगाईएकाे प्रतिबन्ध हटाउन मेयर सिंहकाे माग appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: नेपालमा भारु ५ सय र २ हजार दरका नाेटमाथि लगाईएकाे प्रतिबन्ध हटाउन मेयर सिंहकाे माग
नेपालमा भारु ५ सय र २ हजार दरका नाेटमाथि लगाईएकाे प्रतिबन्ध हटाउन मेयर सिंहकाे माग
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/IMG_20230517_175841-1-scaled.jpg?resize=1400%2C1050&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/05/blog-post_56.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/05/blog-post_56.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy