वीरगन्ज ,१६जेष्ठ : भारतसंग जाेडिएकाे पर्साकाे भिस्वा नाकाबाट प्रहरीले ठुलो परिमाणमा लागु औषधसहित बसका चालक र सहचालकलाई पक्राउ गरेकाे छ ।
पर्साकाे छिपहरमाई गाँउपालिका वडा नम्बर ५ भिस्वास्थित नेपाल-भारत सीमानाका नजिकै पार्किङ गरि राखिएकाे प्रदेश ०३-००१ख १८१० नम्बरको देवी ट्राभल्स बसबाट प्रहरीले लागू औषधसहित उक्त बसका चालक र सहचालकलाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा बसका चालक दाेलखाकाे भिमेश्वर नगरपालिका ८ का ४२ वर्षिय दुर्गाराज खत्री र सहचालक पर्साकाे धाेबिनी गाँउपालिका ४ का नुरेश मियाँ तेली रहेका छन् ।
प्रहरीका अनुसार , गाेप्य सुचनाका आाधारमा साेमबार साँझ प्रहरी चाैकी भिस्वाबाट खटिएको प्रहरी टाेलीले यात्रु लिएर काठमाडौं जान तयारीमा रहेकाे उक्त बसमा चेकजाँच गरेकाे थियाे । त्यसक्रममा बसकाे डिक्की खाेलेर खानतलासी गर्दा डिक्कीभित्र रहेकाे प्लास्टिककाे बाल्टीमा कागजले बेरेर राखिएकाे अवस्थामा लागु औषध फेनरागन ५ सय पिस , डाइजेपाम ५ सय पिस र नाेर्फिन ५ सय पिस बरामद भएकाे हाे ।
बसबाट औषध बरामद भएपछि बससहित चालक खत्री र सहचालक तेलीलाई नियन्त्रणमा लिइएकाे पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिऐ । उनिहरुलाई ईलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरासतमा राखेर थप अनुसन्धान भईरहेकाे उनले बताए ।
The post भिस्वा नाकाबाट ठूलाे परिमाणमा लागु औषधसहित बसका चालक र सहचालक पक्राउ appeared first on Madhes Khabar.