प्रदेश सरकारको नीति तथा कार्यक्रममा वीरगन्जका लागि विशेष प्याकेजको माग

वीरगन्ज,३जेष्ठः वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मधेस प्रदेशकै एकमात्र महानगर वीरगन्ज महानगरपालिकाका लागि विशेष प्याकेज सहितको व्यवस्था गर्न प्रदेश सरकारसंग माग गरेका छन् ।बुधबार महोत्तरीको बर्दिवासमा प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक वर्षको पुर्व बजेट सम्बन्धि छलफल कार्यक्रममा सहभागी मेयर सिंहले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर सिंहले वीरगन्ज मधेस प्रदेशकै एकमात्र महानगर भएकाले नयाँ नीति तथा कार्यक्रममा वीरगन्ज महानगरकालागि विशेष प्याकेजको व्यवस्था गर्न अनुरोध गरे ।प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाउनु पुर्व प्रदेश सरकारका अर्थमन्त्री, योजना आयोगका उपाध्यक्षका साथै सम्बद्ध मन्त्रालयका सचिवसहितका टोलीलाई वीरगन्जमै आएर स्थलगत भ्रमण र अवलोकन गरिदिनका लागि मेयर सिंहले निम्तो पनि दिए ।

मेयर सिंहले भने,‘ मन्त्री ज्यु , उपाध्यक्ष ज्यु सहितको टोलीलाई एकपटक वीरगन्जमै आएर स्थलगत भ्रमणका लागि आइदिन म निमन्त्रणा गर्दछु , तपाईहरुले स्थलगत भ्रमण गरेपछि मात्रै वीरगन्जका आवश्यकता के के हुन् स्पष्ट हुन्छ , त्यसले बजेट विनियोजनमा अझ सहज हुनेछ ।

संघीय सरकारबाट देशका ६ वटा महानगरमध्ये सबै भन्दा कम बजेट वीरगन्ज महानगरले पाइरहेको प्रसंग सुनाउदै मेयर सिंहले भने,‘ वीरगन्ज मधेसकै एकमात्र महानगर हो , त्यसका कारण प्रदेश सरकारले अपनत्व लिएर वीरगन्जका लागि विशेष प्याकेजसहितको बजेट विनियोजन गर्नुपर्छ ।यदि वीरगन्जलाई मधेस प्रदेशकै सम्मुनत र समृद्ध शहर बनाउने हो भने त्यसका लागि प्रदेश सरकारले वीरगन्जमा आवश्यक पूर्वाधार निर्माणमा विशेष जोडदिनुपर्ने पनि उनले बताए ।

कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री सन्जय यादव , मधेस प्रदेश योजना आयोगाका उपाध्यक्ष नाथु प्रसाद चौधरी , मन्त्रालयका सचिवहरु, प्रदेशसभा सदस्यहरु ,पालिकाका प्रमुखहरुका साथै वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्षमी प्रसाद पौडेल , मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरे लगायतको पनि सहभागीता थियो ।

 

The post प्रदेश सरकारको नीति तथा कार्यक्रममा वीरगन्जका लागि विशेष प्याकेजको माग appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: प्रदेश सरकारको नीति तथा कार्यक्रममा वीरगन्जका लागि विशेष प्याकेजको माग
प्रदेश सरकारको नीति तथा कार्यक्रममा वीरगन्जका लागि विशेष प्याकेजको माग
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/bardibas-prgm-3.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/05/blog-post_38.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/05/blog-post_38.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy