अलौंमा पनि चल्यो महानगरकाे डोजर, हटाइयो अतिक्रमित संरचना

वीरगन्ज, ४ जेष्ठ : वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ अलौंमा सार्बजनिक जग्गा अतिक्रमण गरेर बनाइएको संरचना हटाइएको छ ।

सार्बजनिक सडक अवरुद्ध हुने गरि निर्माण गरिएको संरचना वीरगन्ज महानगरको टोलीले बिहीबार डाेजर लगाएर हटाएको हो । डोजरसहित गएको टोलीले अलौंमा रहेको इनार नजिकैको एउटा घर भत्काएर सडक खुलाएको छ ।

यस्तै पोखरीको पूर्वपट्टी रहेको सडकमा निर्माण गरिएका ४ वटा घरको पर्खाल पनि हटाइएको छ ।

सडक अतिक्रमण गरि बनाइएका पर्खाल हटाइएसँगै रोकिएको नाला निर्माण कार्य अघि बढ्ने वडा नम्बर १७ का वडाध्यक्ष संजिव बहादुर क्षेत्रीले बताए ।

महानगरपालिकाले सार्वजनिक, ऐलानी जग्गा खोजी गर्नुका साथे त्यसमा बनेका संरचना हटाउने अभियान नै अघि बढाएको छ ।

अलाैंमा बिहीबार अतिक्रमित संरचना हटाउन महानगपालिकाका मेयर राजेशमान सिंह आफैं पुगेका थिए ।

वीरगन्ज महानगरपालिकाका मेयर सिंहले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्ने अभियान नै चलाइएको बताउदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन पनि आग्रह गरे ।

अलाैंमा अतिक्रमण हटाउन मेयर सिंहकासाथै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष प्रदिप चौरसिया, महानगरपालिकाका सचिवालय सल्लाहकार हरि प्रसाद पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि प्रसाद भुषाल लगायतको टोली पुगेको थियो ।

The post अलौंमा पनि चल्यो महानगरकाे डोजर, हटाइयो अतिक्रमित संरचना appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: अलौंमा पनि चल्यो महानगरकाे डोजर, हटाइयो अतिक्रमित संरचना
अलौंमा पनि चल्यो महानगरकाे डोजर, हटाइयो अतिक्रमित संरचना
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/IMG-20230518-WA0014.jpg?resize=1156%2C651&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/05/blog-post_26.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/05/blog-post_26.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy