वीरगंज, २४ वैशाख ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्ली वीरगंजले आइतवार हलुका सवारी साधनमा चम्किलो स्टिकर टाँस गरेको छ ।
केन्द्रका सचिव कुलनारायण प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा सवारी दुर्घटना रोकथाम नियन्त्रण गर्न ५० वटा साइकल, ४० वटा ठेला, २० वटा रिक्शामा चम्किलो स्टिकर टाँस गरिएको हो । रातिको समयमा साइकल, रिक्शा, ठेलामा बत्ती नहुने गरेकोले दुर्घटना बढ्न थालेपछि सोको रोकथामको लागि चम्किलो स्टिकर टाँस गरिएको सचिव प्रधानले बताए ।
कार्यक्रममा प्रहरी वरिष्ठ हवल्दार गणेशप्रसाद यादवलगायतले साइकल, रिक्शा, ठेलामा चम्किलो स्टिकर टाँस गरेका थिए ।