मेयर सिंहको अग्रसरतामा वीरगन्जमा रात्रि बजारलाई निरन्तरता दिने निर्णय

वीरगन्ज, १८ बैशाख : वीरगन्जको अर्थतन्त्र चलायमान बनाउन नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारले निरन्तरता पाउने भएको छ ।हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने गरि सबै तयारी गरिएको हो ।

नयाँ वर्षको अवसरमा गत चैत ३० , बैशाख १ र २ गते तीनदिन लगाइएको रात्रि बजार अबदेखि भने हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार लगाइने भएको हो । जस अनुरुप बैशाखको २९ र ३० गते रात्रि बजार लागाइने तयारी गरिएको छ ।वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको उपस्थितिमा आइतबार बेलुकी बसेको रात्रि बजार ब्यवस्थापन समितिको बैठकले रात्रि बजारलाई अझै विस्तार गर्दै लैजाने निर्णय गरेको हो ।

यस पटक रात्रि बजार माइस्थान चोकदेखि आदर्शनगर चोक हुँदै पशुपति घोष चोकसम्म बिस्तार गरेर लगाउने निर्णय बैठकले गरेको छ ।बैठकमा मेयर सिंहले वीरगन्जको व्यापार ब्यवसाय अबेरसम्म संचालन गर्ने वातावरण बनाउन रात्रि बजारलाई निरन्तर रुपमा अघि बढाउने प्रयास गरिएको बताए ।महानगरले यहाँको बजार चलायमान बनाउन पहल गरिदिएको भन्दै मेयर सिंहले रात्रि बजारलाई निरन्तरता दिन अब उद्योगी व्यवसायी नै अग्रसर भएर आउनु पर्नेमा जोड दिए।

वीरगन्ज उद्योग वाणिज्य संघले रात्री बजारको नेतृत्व लिएर अघि आउन आग्रह गर्दै उनले सुरक्षा तथा अन्य व्यवस्थापनको जिम्मा महानगरले लिने पनि बताए ।उनले रात्रि बजार लाग्ने समयमा नेपाल भारत मुख्य सीमा चौबिसै घण्टा खुल्ने व्यवस्था मिलाइएकोले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने विश्वास पनि व्यक्त गरे ।

बैठकमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारीले रात्रि बजार संचालनका लागि आवश्यक सहयोग गर्न उद्योग वाणिज्य संघ तयार रहेको बताए ।बैठकले अहिले सटरमा संचालन गरिरहेको व्यवसायलाई अबेर रातिसम्म संचालन गराउन आग्रह गर्ने निर्णय गर्नुका साथै रात्रि बजारका दिन आवश्यक स्टलहरुको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा एन.वाई.इ.एफका आंशु कुमार सर्राफले रात्रि बजार संचालनको बारेमा कार्यपत्र प्रस्तुत गर्दै उद्यमका नयाँ नयाँ आयाम पस्केर फरकपन दिँदा बजारले रौनक पाउने बताए ।बैठकले रात्रि बजार व्यवस्थापन समितिमा उद्योग वाणिज्य संघलाई पनि समेटेको छ ।नयाँ वर्षमा पुरानो बसपार्कमा राखिएका स्टल अबदेखि भने सडक पेटीमै स्टल राखेर बजार संचालन गराइने बैठकले निर्णय पनि गरेको छ ।

माइस्थान चोकदेखि आदर्शनगर चोक हुँदै पशुपति घोष चोकसम्म लाग्ने रात्रीबजारमा थरिथरिका स्टलहरु राखिने छ । विशेष गरेर विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु राखिने रात्रि बजार व्यवस्थापन समितिका सदस्य समेत रहेका ग्रिनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए।बैठकमा ग्रिनसिटी सामुदायिकका सञ्जय अग्रवाल, एन.वाई.ई.एफका विकाश ठाकुर, अनुप अग्रवाल, सुरेश कुमार रुंगटा, छवि सर्राफ, अफसाना खान, सपना अग्रवाल, सुनिल कुमार कादमियाँ लगायतको सहभागिता रहेको थियो ।

The post मेयर सिंहको अग्रसरतामा वीरगन्जमा रात्रि बजारलाई निरन्तरता दिने निर्णय appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: मेयर सिंहको अग्रसरतामा वीरगन्जमा रात्रि बजारलाई निरन्तरता दिने निर्णय
मेयर सिंहको अग्रसरतामा वीरगन्जमा रात्रि बजारलाई निरन्तरता दिने निर्णय
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/ratri-bajar-meeting.jpg?resize=1024%2C819&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/05/blog-post.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/05/blog-post.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy