उद्योगमन्त्री रिजाललाई जिल्लावासीको आग्रह : वीरगन्ज चिनी कारखाना चलाइदिनुस्

मधेसखबर
वीरगन्ज,५बैशाख : उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालका गृह जिल्लावासीले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पसन्चालनका लागि पहल गरिदिन आग्रह गरेका छन् ।मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्सामा आएका मन्त्री रिजालको स्वागतमा मंगलबार वीरगन्जमा नेपाली कांग्रेसले आयोजना गरेको स्वागत र सम्मान कार्यक्रममा जिल्लावासीले चिनी कारखाना सन्चालनमा ल्याउन आग्रह गरेका हुन् ।

पर्सा देखि रौतहट सम्म तीन जिल्लाका किसानको समृद्धिसंग जोडिएको चिनी कारखाना बन्द भएलगत्तै किसानहरुको दुखका दिन सुरु भएकाले चीनी कारखाना सन्चालन हुनुपर्ने उनिहरुको माग थियो ।उद्योग मन्त्रालय मातहतमै रहेको चिनी कारखना मन्त्री रिजालको कार्यकालमै सन्चालनमा आए जिल्लाका किसानहरुको सुखका दिन फेरि फर्किने उनिहरुको तर्क थियो ।

पर्साका प्रदेशसभा सदस्य शंकर चौधरीले मन्त्री रिजाललाई आग्रह गर्दै भने,‘ जिल्लाले करिब दुइ दशकपछि मन्त्री पाएको छ , त्योपनि उद्यागमन्त्री , त्यसका कारण मन्त्री ज्युको पहिलो ध्यान चिनी कारखाना सन्चालन तर्फ जानुपर्छ , यदि चिनी कारखाना फेरि चल्यो भने यहाका किसानहरुमा फेरि खुशीका दिन फर्केर आउनेछ , त्यसपछि यो जिल्लामा बेरोजगारीको समस्या पनि समाधान हुन्छ ।
कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले पर्सा जिल्लाको दुई तिहाई बढि जनसंख्या कृषिमा निर्भर रहेकाले चिनी कारखाना पुर्नसन्चालनमा ल्याउन उद्योगमन्त्री रिजालको ध्यानाकर्षण गराए । कुर्मीले भने,‘ यदिमन्त्री ज्युले चिनी कारखाना चलाइदिनु भयो भने जिल्लाभरका किसानको घरघरमा फेरि खुशी फर्किनेछ ।

कांग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनले पनि बन्द चिनी काराखाना मन्त्री रिजालकै कार्यकालमा सन्चालनमा आउने आशा जिल्लावासीले गरेको बताए । उनले भने,‘ यसअघि उद्योगमन्त्री अरु जिल्लाका हुन्थे , उनिहरुले चासो देखाएनन् , अब त आफनै जिल्लाका उद्योगमन्त्री बन्नु भएको छ , त्यसका कारण जिल्लावासी चिनी कारखाना अब चल्छ कि भन्ने आशमा छन् ।

प्रदेशसभासदस्य श्याम पटेलले दुई दशकदेखि बन्द चिनी कारखाना पुर्नसन्चालनमा ल्याउन चुनौती भएपनि यसलाई सन्चालनमा ल्याउने इच्छाशक्ति उद्योगमन्त्री रिजालमा देखिएको बताए ।

पर्सा २ का सांसद अजय चौरसियालले मन्त्री रिजालसग आग्रह गर्दै भने,‘उद्योगमन्त्री ज्युले आफनै जिल्लामा रहेको चिनी मिल चलाउन पहलकदमी लिनुहुन्छ भन्नेमा विश्वस्त छौ, यदि वीरगन्जमा सम्भव छैन भने त्यसलाई जिल्लाकै अर्को ठाँउ खोजेर त्यहा सिफ्ट गरेर भएपनि चलाईदिनुपर्छ ।

कांग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीले पनि बन्द चिनी कारखाना सन्चालनका लागि पहलकदमी लिन उद्योगमन्त्री रिजालसंग आग्रह गरे । मन्त्री रिजाल तर्फ इंगित गर्दै उनले भने,‘ तपाई मन्त्री भएपछि जिल्लावासीले धेरै आश र अपेक्षा गरेका छन् , यदि चिनी मिल चलाईदिनुभयो भने जिल्लावासीका लागि ठूलो गुण लाग्नेछ ।

यद्यपि चिनी कारखाना २० वर्षदेखि बन्द रहदाँ त्यसका उपकरण र मेशीननहरु जीर्ण अवस्थामा पुगेको र त्यसको प्रविधी पनि धेरै पुरानो भइसकेकाले सन्चालनमा चुनौती भने रहेको सिंहले बताए । तर सरकारको इच्छाशक्ति भएमा चिनी कारखाना सन्चालन गर्न सकिने उनले बताए । सिंहले भने,‘ मन्त्रीज्युका लागि पर्सावासीमा गुण लगाउने यो सुनौलो अवसर छ , यहाँकै कार्यकालमा नयाँ प्रविधी र उपकरण भित्रयाएर चिनी मिल सन्चालनमा आउछ भन्नेमा हामीले आशा गरेका छौं ।

जिल्लावासीको आग्रह सुनेपछि उद्योगमन्त्री रिजालले आफनै कार्यकालमा चिनी कारखाना सन्चालनका लागि भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता जनाए । पर्सा जिल्लावासीकै आशीर्वाद र साथले आफु चारदशकको राजनीतिक यत्रामा पहिलोपटक मन्त्री बनेकाले जिल्लावासीकै आदेशमा आफु चल्ने उनले बताए ।

मन्त्री रिजालले भने,‘ चिनी मिल चलाउन म तयार छु , यसलाई चलाउनका लागि के के गर्नु पर्छ ? त्यसबारे मन्त्रालयमा विज्ञहरुलाई बोलाएर छलफल गरेर मन्त्रालयले काम अगाडि बढाछ ।

कृषि औजार कारखाना सन्चालनमा ल्याउनका लागि काम गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रले अहिले सम्म सरकारबाट बजेट नपाएको गुनासो सम्बोधनका लागि आफुले पहल थालिसकेको पनि मन्त्री रिजालले जानकारी दिए । उनले भने,‘ केन्द्रका अध्यक्ष महावीर पुन जीलाई मैले मन्त्रालयमै बोलाएर उहाको गुनासो सुने , लगत्तै आवश्यक बजेट निकासका लागि मैले प्रकृया अगाडि बढाइसकेकोछु ।

वीरगन्जमा रुस सरकारको आर्थिक सहयोगमा स्थापना भइ बिक्रम सम्बत २०२१ सालदेखि सन्चालनमा आएको वीरगन्ज चिनी कारखाना घाटामा गएको भन्दै सरकारले २०५९ सालमा बन्द गरेको थियो ।

कार्यक्रममा मन्त्री रिजाललाई २५१ केजीको माला लगाएर स्वागत तथा सम्मानित गरिएको थियो ।कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य अजय चौरसिया , प्रदेशसभा सदस्यद्वय श्याम पटेल र शंकर चौधरी , प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्मा , संविधानसभासदस्य अनिल रुंगटा , कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिवद्वय दिनेश चौधरी र इम्तियाज आलम , कोषाध्यक्ष प्रेमबहादुर थापा , सहसचिव नवीन सिंह, क्षेत्रीय सभापतिहरु महम्मद शाहबुद्धिन , श्रीकृष्ण चौहानन , श्रीकान्त यादव , जीराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरी , पुर्वृपसभापतिहरु दिना गुप्ता र प्रकाश उपाध्याय , नेता राकेश सिंह , महानगरसभापति मणिन्द्रलाल श्रेष्ठ , कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे लगायतको पनि सहभागीता थियो ।

 

The post उद्योगमन्त्री रिजाललाई जिल्लावासीको आग्रह : वीरगन्ज चिनी कारखाना चलाइदिनुस् appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: उद्योगमन्त्री रिजाललाई जिल्लावासीको आग्रह : वीरगन्ज चिनी कारखाना चलाइदिनुस्
उद्योगमन्त्री रिजाललाई जिल्लावासीको आग्रह : वीरगन्ज चिनी कारखाना चलाइदिनुस्
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/Birgunj-Minister-2.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/04/blog-post_95.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/04/blog-post_95.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy