बारा २ मा जनताले गठबन्धनको सिण्डिकेट तोड्छन् : एमाले उम्मेदवार पौडेल (अन्तरवार्ता)

बारा २ मा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलसंग गरिएको संक्षित कुराकानी :

मत माग्दै जनताको घरदैलोमा पुग्दा आफनो पक्षमा माहोल कस्तो पाउनु भएको छ ?

अहिलेपनि म चुनावी प्रचारमै छु । चुनावी घरदैलोमा पुगिरहदा मैले के देखि रहेको छु भने जनता व्यापक रुपमा एमालेलाइ मतदान गर्ने मनस्थितीमा छन् । एमालेलाई जिताएर गठबन्धनका दलहरुले गरेका गलत कृयाकलापको भण्डाफोर गर्नुपर्छ निष्कर्षमा जनता पुगेका छन् । जनतालाई जतापनि लैजान सकिन्छ , जेपनि गर्न सकिन्छ भन्ने गठबन्धन दलहरुको मानसिकता र प्रवृतिलाइ जनताले तोड्न खोजेको मेले देखेको छु । यसले एमालेको जितलाइ निश्चित गरिरहेको छ ।

जनता माझ तपाईका चुनावी एजेन्डाहरु के के हुन् ?

एमाले र मेरो दुवैको चुनावी एजेन्डा शिक्षा , स्वास्थ्य , कृषि, सिंचाई , सुशासन नै हुन् । यसका साथै यसैक्षेत्रमा रहेको विश्वप्रसीद्ध धार्मिक पर्यटकीयस्थल गढीमाई मन्दिरको सौन्दर्यकरण र यस क्षेत्रका सडक पूर्वाधारलाई व्यवस्थित गर्ने पनि मेरो एजेन्डा हो ।

बारा २ को चुनावी मैदानमा मुख्य प्रतिस्पर्धा जसपाका उम्मेदवार उपेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार शीवचन्द्र कुशवाहा बिच नै छ । एमाले त तेश्रो वा चौथो स्थानमा पो छ भन्ने चर्चा व्यापक छ त ?

मनको लड्डु घिउसंग खाने , जनताको बिचमा जान नसक्ने , जनताको भावना बुझन नसक्ने, जनतालाई गुमाराहमा राखेर सिण्डिकेटको राजनीति गर्न चाहनेहरुले यस्तो हौवा फैलाएका हुन् । एमाले तेश्रो वा चौथो हुने पार्टी हो र ? गत निर्वाचनमा देशभर गठबन्धनसंग एक्लै लडेर एमाले कुन स्थानमा आयो ? एमाले चुनावी मैदनमा आएपछि पहिलो हुने पार्टी हो । अहिले पनि पहिलो भएरै जित्छ । किनकि एमाले किसान, मजदुर, दलित, महिला, युवा सबैको पाटी हो । देशमा विकासको लहर ल्याएको पार्टी हो , त्यसकारण एमालेलाई दोश्रो , तेश्रो या चौथो हुने छुट नै छैन । पहिलो हुने पार्टी हो पहिलो भएर देखाउछ ।

यसको आधार के त ?
यसको आधार जनताको समर्थन । एमाले यो क्षेत्रमा पटक पटक विजयी भएको छ । एक्लै लडेर पनि जितेको छ । एमालेले कहिल्यै कुनै दलसंग गठबन्धन गरेन । एमाले बलियो संगठन भएको पार्टी हो । गत निर्वाचनमा पनि बारामा सामानुपतीकमा एमालेले नै सबैभन्दा बढि मत ल्याएको थियो । त्यसका कारण बारा २ मा यसपालि एमालेले जित्छ यसमा कुनै शंका छैन ।

तर विगतका तीन निर्वाचनमा त एमालेले जितेन नि ?

ती चुनावमा एमालेले उम्मेदवारी नै दिएन त । यद्यपि २०६४ देखि २०७९ सम्मको हरेक चुनावमा बारामा एमालेले समानुपातिकमा सबैभन्दा बढि भोट ल्याएको छ । यसका कारण अहिले हामी जित्दैछौ ।

चुनाव महंगिदै गएको छ , खर्चिलो र भड्किलो पनि बन्दै गएको छ । तपाईलाई कतिको गा्रहोसारो भएको छ ?

हामीले खर्च गर्न परेको छैन , जनता आफैले खर्च गरिरहेकाछन् , हामीले भोजभतेर पनि गरेका छैनौ , । अरुले खसी कुखुरा काटेर भोज भतेर गरिरेहका छन् , जनताले उनिहरुको भोजमा गएर मासु खाइदिन्छन् , बैशाख १० मा भने भोट सुर्यमा लाइदिन्छन् । हेर्नु होला एमाले भारी मतले जित्छ ।

बारा २ मा तपाईको मुख्य प्रतिस्पर्धा कोसंग हुन्छ ?
एमालेको मुख्य प्रतिस्पर्धा जसपाका उम्मेदवार उपेन्द्र यादवसंग हुन्छ । हामी भन्दा पछाडि उहाँ नै हिडिरहनु भएको छ तर उहा भन्दा हामी धेरै अगाडि हिडिरहेका छौ । राम्रो मतान्तरले एमालेले जित्छ ।

The post बारा २ मा जनताले गठबन्धनको सिण्डिकेट तोड्छन् : एमाले उम्मेदवार पौडेल (अन्तरवार्ता) appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: बारा २ मा जनताले गठबन्धनको सिण्डिकेट तोड्छन् : एमाले उम्मेदवार पौडेल (अन्तरवार्ता)
बारा २ मा जनताले गठबन्धनको सिण्डिकेट तोड्छन् : एमाले उम्मेदवार पौडेल (अन्तरवार्ता)
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/Purushottam-Paudel-1.jpg?resize=1024%2C648&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/04/blog-post_922.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/04/blog-post_922.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy