रोकिएन सिर्सिया नदिको प्रदुषण, मेयर सिंह भन्छन् : अटेरी गर्ने उद्योग विरुद्ध थप एक्सन लिन्छु

मधेसखबर
वीरगन्ज,२२चैत :आर्थिक जरीवाना गरेर कारबाही गर्दा पनि उद्योगहरुले प्रशोधन बिना नै रसायनयुक्त फोहोर पानी सिधै सिर्सिया नदिमा मिसाइरहेको पाइएको छ ।बुधबार वीरगन्न्ज महानगरपालिकाका मेयर राजेशमान सिंह आफैले नदि तटका ५ वटा उद्योगहरुको अनुगमन गर्ने क्रममा यस्तो भेटिएको हो ।

बुधबार अनुगमनका क्रममा वीरगन्ज २१ परवानीपुर स्थित श्री सिद्धी टेक्सटायल्स प्राली, अर्निका प्रोसेसिङ् उद्योग प्राली, पन्ना पेपर उद्योग प्राली ,ग्लोबल लेदर उद्योग प्रालि र मोरियम लेदर उद्योग प्रालिले उद्योगबाट निस्किने प्रदुषित पानी प्रशोधन नै नगरि सिधै नदिमा मिसाउने गरेको पाइएको मेयर सिंहले बताए ।

महानगरपालिकाले पटकपटक निर्देशन दिदाँ र केहि उद्योगलाई आर्थिक जरिवानासहितको कारबाही गर्दा पनि उद्योगहरुले प्रदुषित पानी सिधै नदीमा मिसाइरहेको पाइएको मेयर सिंहले बताए ।अनुगमनका क्रममा नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर (रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु) सिधै नदिमा फाल्दै आएको भेटिएको उनले बताए ।

यसअघि उपमेयर इम्तियाज आलमको नेतृत्वमा पटकपटक अनुगमन गर्नुका साथै महानगरले प्रशोधन गरेर मात्रै नदिमा मिसाउन पत्राचार गर्दासमेत उद्योगहरुले बेवास्ता गरेको मेयर सिंहले बताए । उनले भने, ‘महानगरले जसरी पनि सिर्सिया नदिलाई प्रदुषण मुक्त बनाएरै छाड्छ, अहिले प्रदुषित गराउने उद्योगहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउछौं , त्यस्ता उद्योगहरु विरुद्ध कारबाही गर्न महानगर कदापि पछाडि हट्दैन ।

पटकपटक आग्रह गर्दा र आर्थिक जरिवाना गर्दा पनि उद्योगहरुले अटेर गरि नदिलाई प्रदषित बनाइरहेको मेयर सिंहले बताए । उनले भने, ‘उद्योगहरुले बदमाशी गरिरहेका छन्, यो कुनै पनि हालतमा सह्य हुँदैन । हामीले अनुगमन गर्नथालेपछि केहि उद्योगले देखाउनका लागि मात्रै पानी प्रशोधन केन्द्र बनाएका छन् । तर उनिहरुले पनि प्रशोधन नै नगरी दुषित पानी नदिमा मिसाएर जनताको स्वास्थ्यसँग खेलवाँड गरिरहेका छन् ।’

बुधबारको अनुगमन टोलीमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि कुनैपनि उद्योग सञ्चालन गर्दा वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा वीरगन्ज क्षेत्रका अधिकांश उद्योगले बेवास्ता गरेको बताए । उनले भने , ‘उद्योगहरुको लापरवाही स्पष्ट देखिन्छ, व्यवस्थित तरिकाले प्रशोधन गरेर नदिमा सफा पानी फाल्ने वातावरण बनाउनुपर्छ । तर यहाँ ठीक बिपरित देखियो । नामका लागि मात्रै प्रशोधन केन्द्र बनाएका छन् , प्रदुषित पानी नै नदिमा मिसाएका छन्, यो सरासर गलत हो ।’

अनुगमन टोलीमा सहभागी वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले भने, ‘सिर्सिया नदि वीरगन्ज शहरकै लाइफलाइन हो, त्यसका कारण यो नदिलाई प्रदुषित बनाउने जोसुकै भए पनि महानगरले कारबाही गर्छ, नदिलाई प्रदुषणमुक्त बनाउने अभियान अब कुनै पनि हालतमा रोकिदैन ।’अनुगमनलाई निरन्तरता दिनुका साथै नदिलाई प्रदुषित बनाउने अन्य उद्योग र निकायलाई पनि कडा कारबाही गरिने पौडेलको भनाई छ ।

अनुगमन टोलीमै सहभागी वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले नदिलाई सफा बनाउने विषयमा संघ पनि गम्भिर रहेको बताउँदै यसको दीर्घकालिन समाधानको बाटो खोज्नुपर्ने आवश्यक्ता औँल्याए । अग्रवालले भने, ‘नदिलाई सफा बनाउनु हामी सबैको सरोकारको विषय हो, अहिले तत्कालका लागि मात्रै नभएर दीर्घकालिन रुपमै समस्याको समाधानका लागि सबैले हातेमालो गर्न आवश्यक छ ।’

यसअघि चैत १४ गते वीरगन्न्ज महानगरपालिकाले नदि प्रदुषण गर्ने ५ वटा उद्योगलाई जनही ३ लाख रुपैयाँका दरले जरिवाना पनि गरेको थियो ।बुधबारको अनुगमनका क्रममा जरिवाना गरिएका उद्योगहरुले समेत प्रदुषित पानी नदिमा मिसाइरहेको पाइएको मेयर सिंहले बताए ।

करिब तीन दशकदेखि प्रदुषणको चपेटामा परेको वीरगन्ज शहरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउन महानगरपालिकाले दुई महिना यता अभियान नै सन्चालन गरेको छ ।

The post रोकिएन सिर्सिया नदिको प्रदुषण, मेयर सिंह भन्छन् : अटेरी गर्ने उद्योग विरुद्ध थप एक्सन लिन्छु appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: रोकिएन सिर्सिया नदिको प्रदुषण, मेयर सिंह भन्छन् : अटेरी गर्ने उद्योग विरुद्ध थप एक्सन लिन्छु
रोकिएन सिर्सिया नदिको प्रदुषण, मेयर सिंह भन्छन् : अटेरी गर्ने उद्योग विरुद्ध थप एक्सन लिन्छु
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/mayor-sab-sirsiya.jpg?resize=1024%2C576&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/04/blog-post_87.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/04/blog-post_87.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy