मधेसखबर
वीरगन्ज,२७ चैत : नेपाल यातायात मजदुर संघको केन्द्रिय अध्यक्षमा धर्मराज भण्डारी निर्वाचित भएका छन् ।वीरगन्जमा सोमबार सम्पन्न ७ औं महाधिवेशनबाट संघको अध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा भण्डारी सहित सम्पूर्ण पदाधिकारी र सदस्यहरु पनि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा सुमन लामा घले , खुल्ला उपाध्यक्षमा जय बहादुर बुढा , भेष बहादुर खड्का र कमल कुमार राई तथा महिला उपाध्यक्षमा शान्ति भट्ट तथा महासचिवमा जगन्नाथ गौतम पनि निर्विरोध नर्वाचित भएका छन् ।
यस्तै प्रादेशीक उपमहासचिवमा कोशीबाट बसन्त काफले , मधेसबाट राजेश कुमार कार्की , बागमतीबाट उत्तम भट्टराई , लुम्बिनिबाट चिरञ्जिवी पाण्डे र सुदुरपश्चिमबाट सुरेन्द्र प्रसाद अवस्थि निर्वाचित भएका छन् । सचिवमा रमेश कुमार कामत तथा कोषाध्यक्षमा मिनराज पनेरु निर्वाचित भएको संघका निवर्तमान अध्यक्ष अजय कुमार राईले जानकारी दिए ।
निर्वाचन समितिका अनुसार , संघका रहेक पदमा एक एक जनाको मात्र उम्मेदवारी परेकाले सबै निर्विरोध निर्वाचित भएका हुन् ।
वीरगन्जमा आइतबारदेखि शुरु संघको ७ औं महाधिवेशन सोमबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले समुद्घाटन गरेको महाधिवेशनमा देशभरबाट २ सय भन्द्या बढि यातायात मजदुरहरु सहभागी थिए ।
The post वीरगन्जमा सम्पन्न महाधिवेशनबाट यातायात मजदुर संघको केन्द्रिय अध्यक्षमा भण्डारी निर्वाचित appeared first on Madhes Khabar.