हार्ने डरले सताएपछि सिके राउत अराजक प्रचारमा उत्रिए : जसपा

बारा,३०चैत : आसन्न वैशाख १० मा हुनलागेको उपनिर्वाचनका लागि बारा–२ मा आफै मैदानमा खटिएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजनीतिक संस्कार बिर्सिँदै अराजक रुप धारण गरेको जसपाका नेता कार्यकर्ताले बताएका छन् ।

लोकतन्त्रको सुन्दर पक्ष मानिने निर्वाचनमा जसरी हुन्छ आफ्नै उम्मेदवारको जित हुनुपर्ने मानसिकताले ग्रसीत सिके राउतले पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार उपेन्द्र यादवलाई हराउन व्यक्तिगत रिसिइवी (इगो) नै राखेर फोहोरी राजनीतिमा उत्रेको जसपाका नेता कार्यकर्ताहरुले आरोप लगाएका छन् ।

सिके राउतले आफ्ना उम्मेदवार शीवचन्द्र कुशवाहालाई जसरी हुन्छ जिताउने भन्दै जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवविरुद्ध भ्रामक प्रचारप्रसारसमेत सुरु गरेका छन् । मतदातालाई गुमराहमा गर्ने प्रयास स्वरूप उनले यस्तो गरिरहेको जसपा कार्यकर्ताहरुको भनाई छ ।

बारा–२ मा उपेन्द्र यादवको लोकप्रियता बढ्दै छ । मधेशी जनताको अधिकारका लागि लडाई सुरु गरेर देशमा संघीयता स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका उपेन्द्र यादवलाई बाराका मतदाताले जिताउने सङ्केत देखाएपछि अत्तँलिएर सिके राउत अराजक शैलीमा प्रस्तुत भइरहेको जसपाका युवा नेता सन्तोष यादवले बताए ।

सिके राउतले बारा–२ मा आफ्ना उम्मेदवार शिवचन्द्र कुशवाहबाहेक अरु सबै दलका उम्मेदवारलाई ‘बाहिरिया’ को संज्ञा दिँदै मतदाताहरुका बीच फैलाएको भ्रमको कुनै तुक नै नभएको बताउँदै सन्तोषले भने, ‘अध्यक्षजीलाई बाहिरिया भन्नुको कुनै तुक नै छैन । आफ्नो उम्मेदवारको हार निश्चित देखेपछि सिके राउतजी आत्तिनु भएको छ । जे पायो त्यही बोल्दै र लेख्दै हिड्दै हुनुहुन्छ । यो राजनीतिक संस्कार होइन । राजनीतिमा उहाँलाई अहिले धेरै सिक्न बाँकी छ ।’

त्यस्तै जसपाका युवा नेता शशिकान्त सर्राफले मधेशका मसिहा उपेन्द्र यादवलाई ‘फिरङ्गी’, ‘बाहिरिया’ भन्नु अराजकताको पराकाष्ठा भएको टिप्पणी गरे ।‘आफ्नै देशको नागरिकलाई ‘फिरङ्गी’, ‘बाहिरिया’ भन्नु अराजकता हो,’ शशिकान्तले भने, ‘अध्यक्ष उपेन्द्र यादवजी मधेशको मात्र नभई देशकै एक ठूलो नेतृत्वकर्ता हुनुहुन्छ । मुलुकमा भएका सबै महत्वपूर्ण परिवर्तनकारी आन्दोलनमा उहाँको भूमिका अतुलनीय छ । बाराबाट उहाँ लड्नु यहाँका जनताको लागि सौभाग्यको कुरा हो, मतदाता पनि उहाँको उम्मेदवारीले उत्साहित छन् । सिके राउतले सृजना गर्न खोजेको फ्रम फेल भएछ ।’

सिके राउतले सामाजिक सञ्जालमा एउटा पोष्टर हालेका छन् । जहाँ उनले आफूलाई बाघ र उपेन्द्र यादवलाई स्यालको संज्ञा दिएका छन् । राउतको आफनै आधिकारिक फेसबूक पेजबाट सार्वजनिक भएको पोष्टरमा हिन्दी भाषामा लेखिएको छ, ‘झुण्ड में तो गिदढ आते हैं, शेर अकेला ही आता हैं’ । अर्थात् समूहमा स्याल आउँछ, सिंह एक्लै आउँछ भनेर उनले गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवले उम्मेदवारी दिएकोप्रति कटाक्ष गरेका हुन् ।

उनले सार्वजनिक गरेको पोष्टर बारे सञ्चारउद्यमी ध्रुब साहले स्वराजको नारा दिने सिके राउतले आफै जङ्गलराज स्थापित गर्ने कुरा गरेको टीप्पणी गरे । ‘सिंह होस् वा स्याल दुवै जनावर हुन्, जनावर जङ्गलमा बस्छ, सिके राउतले आफैले आफूलाई जङ्गली जनावर भन्न खोज्नु भएको उनले सार्वजनीक गरेको पोष्टरबाट पुष्टि हुन्छ,’ ध्रुबले भने ।

ध्रुबले पनि जसपा अध्यक्ष उपेन्द्र यादवलाई बहरिया भन्नु गलत भएको बताए । उनले बाराको राजनीतिक इतिहास बारे सिके राउतलाई अध्ययन गर्न सुझाव दिँदै भने, ‘२०१५ सालमा बाराबाटै सूवर्णशम्शेरले जितेका थिए, बारा–२ को नभएपनि कांग्रेसका राधेचन्द्र यादवले २०५१ र २०७० मा गरि दुई पटक निर्वाचित भए । यसले के पुष्टि गर्छ भने बारा–२ का जनताले भित्र बाहिरको कुरामा ध्यान दिँदैनन्, विकासप्रेमी र जनताको पक्षमा लड्ने नेतालाई चुनेर पठाउँछन्, यसपालिपनि बारा–२ का जनताले मधेश र मधेशीको हकअधिकार र पहिचान दिलाउन नेतालाई निर्वाचित गराउँछन् ।’

गठबनधन दल कांगेस नेता हरिओम मेहताले पनि जनमत र सिके राउतको अराजक र फोहोरी प्रचारशैलीले बारा–२ का जनतामा जनमत पार्टी प्रति आक्रोश बढ्दै गएको बताए । सिके राउतलाई कटाक्ष गर्दै महेताले भने, ‘पहिला बारा–२ को जनता बारे बुझ्नुस, यहाँक जनताले कस्तो नेतालाई जिताउने गरेका छन्, त्यसपछि मात्रै जसपा अध्यक्ष उपेन्द्र यादवजीको बारेमा कुनै टिप्पणी गर्नुहोला ।’

जनता र मतदातालाई अपमानित र होच्याउने गरि जनमत पार्टी र सिके राउतले गरिरहेको भ्रामक प्रचारबाजी बारावासीले सहन गर्न नसक्ने चेतावनी पनि दिए । उनले भने, ‘मधेश र मधेशी जनताको अधिकार र पहिचान लागि उपेन्द्र यादवले के गर्नु भएको छ, त्यो बारावासीले राम्ररी बुझेका छन्, जनता कुनै पनि हालतमा अब भ्रमित हुने छैनन् ।’

The post हार्ने डरले सताएपछि सिके राउत अराजक प्रचारमा उत्रिए : जसपा appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: हार्ने डरले सताएपछि सिके राउत अराजक प्रचारमा उत्रिए : जसपा
हार्ने डरले सताएपछि सिके राउत अराजक प्रचारमा उत्रिए : जसपा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/ck-raut-prachar.jpg?resize=1024%2C495&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/04/blog-post_69.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/04/blog-post_69.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy