मधेसखबर
वीरगन्ज,२९ चैत : लोसपाका नेता जितेन्द्र सोनलले बारा २ को विकास , मधेसको एजेण्डालाई स्थापित गर्न र राजनीतिक स्थायित्व दिन उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनताले जिताएर संसदमा पठाउनु पर्ने बताएका छन् ।
बारा २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार समेत रहेका यादवलाई जिताउन लोसपाका तर्फबाट केन्द्रिय प्रतिनिधीका रुपमा खटाइएका पुर्वमन्त्री समेत रहेका सोनलले राष्ट्रिय राजनीतिमा पहिचान बनाउन सफल जसपा अध्यक्ष यादवले जिते बारा २ को विकास र समृद्धि निश्चित रहेको बताए । यससंगै मधेसको एजेण्डा स्थापित हुने र मुलुकको राजनीतिले स्थायित्व पनि पाउने सोनलको तर्क छ ।
बुधबार बिहान सन्चारकर्मीसंग कुरा गर्दै सोनलले भने,‘ यदि बारा २ मा विकास र समृद्धि चाहने हो भने त्यसका लागि श्रोतसाधन चाहिन्छ , श्रोत र साधन सरकारसंग छ , सरकारमा पाँच दलीय गठबन्धन छ , त्यसका कारण पनि गठबन्धनका साझा उम्मेदवार उपेन्द्र जीलाई जिताउनु नै पर्छ ।
बारा २ मा यादवलाई जिताउन आफनो पार्टीबाट सर्कुरल नै जारी भइसकेको भन्दै सोनलले बारा २ को उपनिर्वाचनको परिणाम गठबन्धनका साझा उम्मेदवार यादवको पक्षमै आउने दाबी पनि गरे ।
बारा २ का लागि उपेन्द्र यादव बाहिरिया उम्मेदवार हुन् भन्ने विपक्षीको आरोपको खण्डन गर्दै सोनलले भने,‘ उपेन्द्र यादव यहि देशका नागरिक हुन् , मधेसी नै हुन् त्यसका कारण बाहिरियाको नारा चलाउनेहरुले कुतर्क गरिरहेका छन् र यो कुरा बाराका जनताले राम्ररी बुझिसकेका छन् ।
मुलुक विगत ५/६ वर्ष देखि गठबन्धनको राजनीतिमा चलिरहेको बताउँदै सोनलले मुलुकमा स्थायी सरकारका लागि पनि गठबनधनको राजनीतिक आवश्यक भएको बताए ।
The post बाराको विकास र मधेसका एजेण्डा स्थापित गर्न पनि उपेन्द्रले जित्नुपर्छ : लोसपा नेता सोनल appeared first on Madhes Khabar.