काठमाडौं,१७बैशाख : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक क्षेत्रमा संकट आउन नदिन सरकार सचेत रहेको बताएका छन् । आइतबार मन्त्रालयमा पवन गोल्यान नेतृत्व अध्यक्ष रहेको बैंक तथा बित्तिय संस्था परिसंघको टोलीसंग भएको भेटमा मन्त्री रिजालले यस्तो बताएका हुन् ।
मन्त्री रिजालले अहिले समग्र मुलुककै अर्थतन्त्रमा केहि संकट देखिएपनि त्यसबाट अर्थतन्त्रलाई उकास्न सरकार लागि परेकाले नआत्तिन आग्रह पनि गरे । साथै उद्योग क्षेत्रमा देखिएका समस्या समाधानका साथै आउन सक्ने संकटबाट उद्योग क्षेत्रलाई बचाउनका लागि पनि सरकार लागि रहेकाले यसमा सरकारलाई उद्योगीहरुको साथ र सहयोगको आवश्यकता रहेको पनि उनले बताए ।
भेटका क्रममा मन्त्री रिजाललाई परिसंघको टोलीले उद्योग क्षेत्रमा रहेका विभिन्न समस्याको बारेमा जानकारी गराएको थियो । बैंकिङ क्षेत्रमा धेरै पैसा लक भएको भन्दै टोलीले त्यस्तो रकम रिलिज गर्न पहल गरिदिन आग्रह गर्दै उक्त रकम उद्योग क्षेत्रमा भित्रयाउनु पर्नेमा जोड दिएको थियो ।
The post औद्योगिक क्षेत्रमा संकट आउन नदिने मन्त्री रिजालको प्रतिबद्धता appeared first on Madhes Khabar.