मधेसखबर
वीरगन्ज,६ बैशाख : वीरगन्ज महानगरपालिकाका पुर्व मेयर विजय सरावगीले वीरगन्जको मेनरोड तोड्न (विस्तार ) गर्न आवश्यक नभएको बताएका छन् । यदि विस्तार गर्ने नै हो भने १५/१५ मिटर मात्रै तोड्नु पर्ने उनले बताएका छन् ।
उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालाको स्वागतमा मंगलर वीरगन्जमा वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमेयर सरावगीले यस्तो बताएका हुन् ।
सरावगी , वीरगन्जको मेयर भएका बेला पनि महानगरपालिका कार्यापालिकाको बैठकबाटै १५/१५ मिटर मात्रै मेनरोड विस्तार हुनुपर्ने निर्णय गराइ आग्रह सहितको पत्र मन्त्रालयमा पठाएका थिए । जबकि सरकारले वीरगन्जको पावर हाउस चोक देखि मितेरीपुल सम्मको मेनरोड दायाँ बायाँ दुवै तर्फ २५/२५ मिटर विस्तार गर्नु पर्ने निर्णय धेरै पहिलेनै गरिसकेको छ । तर त्यसविरुद्ध मेनरोड क्षेत्रका केहि घरधनीले सर्वोच्च अदालतमा मुद्धा हालेका कारण सरकारको उक्त निर्णय अदालतमा विचाराधीन छ ।
मेयर भएकै बेला देखि मेनरोड विस्तारको विपक्षमा रहदै आएका पुर्वमेयर सरावगीले मंगलबारको कार्यक्रममा पनि मन्त्री रिजाल सामु मेनरोड १५/१५ मिटर भन्दा बढि विस्तार नगर्न आग्रह गरे । सरावगीले भने,‘ १५/१५ मिटर भन्दा बढि तोडियो भने ११ सय घरपरिवारको उठिवास नै हुन्छ , उनिहरुको मुआब्जा के सरकारले दिन सक्छ ?
त्यसका कारण विस्तार गर्नै परे मेनेरोड १५/१५ मिटर भन्दा बढि नतोड्न उनले आग्रह गरे ।मेनरोड विस्तार नगर्नकै लागि उ बेला बाइपास सडक निर्माण गरिएको सरवागीले जिकिर गरे । उनले भने,‘ तर अहिले आफनो दोकानदारी चलाउनेहरुले मेनरोड तोड्नु पर्छ भनेर हल्ला गरिरहेका छन् ।
The post वीरगन्जको मनेरोड तोड्नु हुन्न, तोड्न आवश्यक पनि छैन : पुर्व मेयर सरावगी appeared first on Madhes Khabar.