
बारा,१८चैत: बाराकाे सिमरामा आयाेजित १३ ओैं जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताकाे उपाधी चर्च ब्वाइज युनाईटेडले जितेकाे छ ।
सिमरा रंगशालामा शनिबार बेलुकी भएको फाइनल खेलमा हिमालयन शेर्पालाई २-० गाेलले पराजित गर्दै चर्च ब्याइज युनाइटेड च्याम्पियन भएको हाे ।
उपाधी विजेता चर्च ब्वाइज युनाईटेडले १० लाख रुपैयाँ नगद र ट्रफी हात पारेको छ । उपविजेता हिमालयन शेर्पाले भने नगद ५ लाख रुपैयाँ पुरस्कार पाएको छ ।
प्रतियोगिताकाे समापन समाराेहमा विजेता र उपविजेता टिमलाई उपराष्ट्रपति रामसहाय यादवले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
नवजनजागृती युवा क्लब सिमराले फ्लड लाइटमा चैत ९ गतेदेखि आयाेजना गरेकोे प्रतियोगितामा ए डिभिजनका ५ सहित १० टिमले भाग लिएका थिए ।
The post सिमरा गाेल्डकपकाे च्याम्पियन चर्च ब्वाइज appeared first on Madhes Khabar.