स्थानीयको विरोधका कारण भलुवाही खोलामा बाँध निर्माण कार्य अलपत्र

मधेसखब
वीरगन्ज,१६बैशाख : पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ मा पर्ने भलुवाही खोलामा १६ करोडभन्दा बढिको लागतमा निर्माणाधिन सिंचाइ बाँधको निर्माण कार्य दुई साता यता देखि रोकिएको छ ।आवश्यकता नै नभएको स्थानमा करोडौंको लागतमा सिंचाई बाँध निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोधसहितको अवरोध गरेपछि दुई साता यता देखि बाँधको निर्माण कार्य अलपत्र परेको हो ।

भलुवाही खोलामा मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन वर्षअघि सर्वे गरि मुख्यमन्त्री कार्यालयबाट छनौट भएको ‘इरिगेसन सब प्रोजेक्ट’ अन्तर्गत सिंचाई बाँध निर्माण गर्न लागिएको हो ।तर स्थानीयले उक्त स्थानमा बाँधको आवश्यकता नै नभएको र आफुहरुलाई पत्तो नै नदिइ गुपचुप सर्वे गरि नम्बरी जग्गाको क्षतिपुर्ति र मुआब्जासमेत नदिइ बाँध निर्माण गर्न लागिएको भन्दै विरोध जनाएपछि निर्माण कार्य दुई साता देखि रोकिएको हो ।

निचुटाका स्थानीय मोहनलाल चौधरीले भन्छन् ,‘ पहिलो कुरो अहिले जहाँ बाँध बनाउन थालिएको छ त्यहाँ आवश्यक नै छैन , अर्को कुरा मेरोसमेत गरेर ५० बिघा नम्बरी जग्गामै हामीलाई कुनै खबरनै संग बाँध र त्यसका अन्य संरचना निर्माण गरिदैछ । हाम्रो नम्बरी जग्गाको क्षतिपुर्त वा मुआब्जा दिने कुरै गरिएको छैन । त्यसका कारण हामीले विरोध गरेका हौं ।

अहिले बाँध निर्माण गर्न थालिएको स्थानमा बाँध निर्माण गरिए त्यसले निचुटा , फरहदवा, देवरीया , शंकरसरैया, सडी लगायतका गाँउका गरि करिब २ सय बिघा खेतीयोग्य जग्गा नदिको कटानमा पर्ने जोखिमसमेत रहेको चौधरी बताउछन् ।चौधरी भन्छन्,‘ हाम्रै नम्बरी जग्गामा तीन वर्षपहिले नै सर्वे गरिएको रहेछ भन्ने कुरा डेढ महिनाअघि ठेकेदारले काम थालेपछि मात्रै थाहा पायौं ।

स्थानीयको आवश्यकता नै नभएको परियोजना गुपचुप ढंगले ल्याएर हतार हतारमा काम थाल्नुले तत्कालीन मुख्यमन्त्री लालबाबु राउत निकटका दिपक यादवले कमीशनको लोभमा यो परियोजना ल्याएको चौधरीको आरोप छ ।

निचुटाकै स्थानीय राजकिशोर थारु चौधरी पनि आवश्यकता नै नभएको स्थानमा बाँध बनाएर करोडौंको सरकारी बजेट दुरुपोग गरेर सक्ने प्रपञ्च मात्रै भइरहेको बताउछन् ।एक त हामीलाई बाँधको आवश्यकता नै छैन , उनी भन्छन्,‘ अर्को कुरा बाँध नै बनाउने हो भनेपनि ऐलानी जग्गा प्रशस्तैछ , तर त्यहा नबनाएर हाम्रो नम्बरी जग्गामा जबरजस्ति कब्जा गरेर बाँध बनाउन थालिएको छ , तर क्षतिपूर्ति र मुआब्जा भने एक रुपैया पनि पाएका छैनौ ।

शंकरसरैयाका स्थानीयवासिन्दा प्रकाश थारु भने बाँधको सर्वे गर्दाकै बखत त्रुटी भएको बताउछन् । भलुवाही नदीमा नभई संगैको गम्भिरी नदीमा बाँध निर्माण गरिएको भए विवाद नहुने उनी बताउछन् । थारु भन्छन्,‘ यहाँका किसानले भलुवाही खोलासंगैको गम्भिरी नदिमा पहिलेदेखि नै कच्ची बाँध बनाएर खेतमा सिंचाई गर्दै आएका थिए , यदि यो पक्की बाँध त्यहि नदिमा बनाइयो भने स्थानीयले विरोध पनि गर्दैनथे, अरु धेरै किसानहरु पनि लाभान्वित हुन्थे ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय वीरगन्जका इन्जिनियर प्रेमचन्द्र प्रसाद जयसवाल भने उक्त परियोजनाको सर्वे ३ वर्षपहिले नै प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट भएको बताउछन् । त्यही सर्वेका आधारमा प्रतिवेदन तयार पारि मुख्यमन्त्री कार्यालयबाट यो परियोजना छनोट भएको र गत वर्ष यसका लागि टेण्डर आह्वान गरि ठेक्का लगाइएको उनी बताउछन् ।
जयसवालका अनुसार २०७८ फागुन १३ मा टेन्डर प्रकाशित भएपछि जनकपुरको रमन÷विकास एन्ड ब्रदर्स जेभीले १६ करोड ४३ लाख ५० हजार ५ सय ७० रुपैयाँ ६७ पैसामा बाँध निर्माणको ठेक्का सकारेको हो ।

स्थानीयले आफुहरुको नम्बरी जग्गामा बाँध बनाउन थालिएको दाबी गरेपनि जयसवालले भने त्यसको खण्डन गरे । उनले स्थानीयले दाबी गरेजस्तो कसैको नम्बरी जग्गामा नभई खोलाको बगरमा बाँध निर्माण भइरहेको बताए ।जयसवालका अनुसार , स्थानीयले मुआब्जा र क्षतिपूर्ति मागेर उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगन्जमा निषेधाज्ञा मुद्दा दिएका थिए । तर गतवैशाख ४ गते न्यायाधीशद्वय सीताराम मण्डल र शान्ता सेढाईं सापकोटाको संयुक्त इजलासले मुआब्जा र क्षतिपूर्तिको दाबीपछि गर्न पाउने गरी काम रोक्का गर्न नमिल्ने भनि अन्तरिम आदेश समेत जारी गरी सकेको छ ।यद्यपि स्थानयिको विरोधका कारण रोकिएको काम भने सुचारु हुन सकेको छैन ।

जयसवालका अनुसार, यो परियोजनाअन्तर्गत भलुवाही खोलामा ४ वटा ढोकासहितको १ मिटर ४० सेन्टिमिन्टर अग्लो १ हजार १ सय मिटर लामो क्यानल र ७ सय मिटर लामो तटबन्ध निर्माण हुँदैछ । बाँध निर्माणपछि त्यसक्षेत्रका ८ सय ६० बिघा खेत सिन्चित भएर ४ सय ५० घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने जयसवाल बताउछन् ।

 

The post स्थानीयको विरोधका कारण भलुवाही खोलामा बाँध निर्माण कार्य अलपत्र appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: स्थानीयको विरोधका कारण भलुवाही खोलामा बाँध निर्माण कार्य अलपत्र
स्थानीयको विरोधका कारण भलुवाही खोलामा बाँध निर्माण कार्य अलपत्र
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/Valuwahi-Khola-Bandh-4.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/04/blog-post_381.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/04/blog-post_381.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy