वीरगन्जमा आयोजित मधेस प्रदेश स्तरीय फुटबलको उपाधीमाथि बाराको कब्जा

मधेसखबर
वीरगन्ज ,१८चैत : मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि बाराले जितेको छ ।वीरगन्जको आदर्शनगर रंगशालामा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा पर्सालाई १–० ले स्तब्ध पार्दै बाराले उपाधि उचालेको हो ।

पहिलो हाफको ३८ औं मिनेटमा बाराका लागि सन्देश चौधरीले गरेको एकमात्र गोल नै निर्णायक बनेपछि उपाधी बाराको पोल्टामा गएको हो । पहिलो हाफमै १–० ले पछि परेको पर्साले दोश्रो हाफमा भने केहि सुधारात्मक प्रदर्शन गरेको थियो । तर बाराको रक्षापंक्ती अझ सशक्त हुदाँ पर्साका स्टाइकरले राम्रा अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसकेपछि खेलको अन्तिम नतिजा बाराको पक्षमा गएको हो ।

उपाधीसंगै बाराले नगद १ लाख ५० हजारसंगै ट्रफी पायो भने उपविजेता पर्साले नगद ७५ हजारमै चित्त बुझाउनु परयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पर्साका कार्लोस पटेल घोषित भए । यस्तै उत्कृष्ट स्टाइकर पर्साकै सुजल डंगोल , उत्कृष्ट मिडफिल्डर पर्साकै कृष्ण शाक्य , उत्कृष्ट गोलरक्षक बाराका दिलमणी चौधरी र उत्कृष्ट रक्षक बाराकै विश्वास गुरुङ घोषित भए ।

प्रतियोगिताको समापन समारोहमा मधेस प्रदेश सरकारका वनराज्यमन्त्री रहबर अन्सारी र प्रदेश सभा सदस्य श्याम पटेलले विजेता र उपविजेता टिमलाई नगद पुरस्कार र ट्रफी प्रदान गरे । दुवै टिमका खेलाडीलाई मेडल भने आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेशनका मधेस प्रदेश संयोजक महम्मद शाहबुद्धिनले प्रदान गरे ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसको अवसरमा चैत ११ गतेदेखि आयोजित प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्लाका गरि आठ टिम सहभागी थिए ।

शनिबार फाउण्डेन मधेस संयोजक शाहबुद्धिनको अध्यक्षतामा आयोजित समापन समारोहमा पर्सागढी नगरपालिकाका पुर्व मेयर लोकनारायण यादव , काँग्रेस नेताहरु प्रकाश उपाध्याय , दिना प्रसाद गुप्ता , कन्चन झा,नेतृहरु मिन्टु सिंह , मनोजा चौधरी , लोसपा नेता निजामुदिन समानी , नेकपा एकिकृत समाजवादीका अध्यक्ष बालगोपाल थापा , फाउण्डेसन पर्साका अध्यक्ष धिरज कुमार गुप्ता , सन्तोष सिंह, मनोहर गुप्ता , दिलिपराज कार्की , पर्साका प्रहरी नायब उपरीक्षक प्रहलाद बुढाथोकी लगायतको पनि सहभागिता थियो ।

The post वीरगन्जमा आयोजित मधेस प्रदेश स्तरीय फुटबलको उपाधीमाथि बाराको कब्जा appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्जमा आयोजित मधेस प्रदेश स्तरीय फुटबलको उपाधीमाथि बाराको कब्जा
वीरगन्जमा आयोजित मधेस प्रदेश स्तरीय फुटबलको उपाधीमाथि बाराको कब्जा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/Football-Final-5.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/04/blog-post_36.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/04/blog-post_36.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy