अर्थमन्त्रीलाई भेटेर मेयर सिंहले भने : भन्सारबाट उठ्ने राजश्व वीरगन्जलाई पनि चाहिन्छ

मधेसखबर
वीरगन्ज, ८ बैशाख : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज भन्सारबाट उठ्ने भन्सार राजश्वको निश्चित प्रतिशतको रकम वीरगन्ज महानगरपालिकालाई उपलब्ध गराउन सरकारसंग माग गरेका छन् ।

शुक्रबार अर्थमन्त्रालयमा आयोजित अन्तर सरकारी वित्तिय हस्तान्तरणका लागि परामर्श तथा समन्वय कार्यक्रममा बोल्दै मेयर सिंहले अर्थमन्त्री प्रकाश शरण महतसंग वीरगन्ज नाकाबाट उठ्ने भन्सार राजश्वको निश्चित प्रतिशत रकम वीरगन्ज महानगरलाई उपलब्ध गराउन आग्रह गरेका हुन् ।

अर्थमन्त्री महतलाई वीरगन्ज महानगरका बारे जानकारी गराउदैै मेयर सिंहले देशको कूल राजश्व संकलनमा वीरगन्जको योगदान आधाभन्दा बढि भएपनि केन्द्र सरकारबाट वीरगन्ज सधै उपेक्षामा पर्दै आएको गुनासो सुनाए । उनले भने,‘ कूल आयात निर्यातको ७० प्रतिशत कारोबार वीरगन्ज नाकाबाटै हुन्छ , कूल अर्थतन्त्रमा वीरगन्जको योगदान आधा भन्दाबढि छ तर वीरगन्ज र वीरगन्जवासीले सवारीसाधानको धुवाँधुलो र प्रदुषण मात्रै पाइरहेका छन् , मालवाहक सवारीको चापले सडकहरु भत्किने गरेका छन् , तर राज्यबाट पाउने लाभ शुन्य जस्तैछ ।

वीरगन्ज भन्सार कार्यालयले मात्रै वार्षिक साढे दुई खर्ब भन्दा बढि राजश्व उठाएर सरकारलाई दिदै आएको भन्दै मेयर सिंहले भने,‘ साढे दुइ खर्ब उठाएर दिने वीरगन्ज महानगरले केन्द्र सरकारबाट वर्षमा कति बजेट पाउँछ ? भन्न पनि मलाई अप्ठ्यारो लापगरहेको छ ।

वीरगन्ज नाकाबाट संकलन हुने राजश्व अन्य पालिकासरह बाँडफाँड हुने अवस्थाले वीरगन्जलाई घाटा मात्रै भएको उनले बताए । त्यसैले प्रभावित क्षेत्रको आधारमा वीरगंज भन्सार लगाएतका कार्यालयबाट संकलीत राजश्वको निश्चित प्रतिशत रकम वीरगन्ज महानगरले पाउनुपर्ने अर्थमन्त्री महत समक्ष मेयर सिंहले बताए ।

वीरगन्जलाई देशकै आर्थिक राजधानी भनिदै आएकोभएपनि त्यसअनुसारको पूर्वाधार र सेवासुविधा राज्यबाट नपाएकाले वास्तविक रुपमै आर्थिक राजधानी बन्ने गरी वीरगन्जको पुर्वाधार विकासमा जोड दिन पनि उनले अनुरोध गरे ।

यसका साथै मेयर सिंहले संस्थागत घरवहाल कर आन्तरीक राजश्व कार्यृालयले उठाउने काम बन्द गर्नुपर्ने, मालपोत रजिष्ट्रेशन शुल्क मासिक रुपमा दाखिला गर्ने व्यवस्था मिलाउनुपर्ने, आन्तरिक आय ठेक्का व्यवस्थापनका लागि नमुना कानुन निर्माण गर्नुपर्ने माग पनि गरे ।

शिक्षा मन्त्रालयले वीरगन्जका लागि थप ३ सय शिक्षक आवश्यक रहेको प्रतिवेदन दिएकोले त्यसअनुसारको नियुत्तीको लागि बजेट व्यवस्थापन गरिदिन र आर्थिक अवस्था चलायमान बनाउन वीरगन्ज नाका २४ सै घण्टा खुला राख्ने ब्यवस्था मिलाईदिन पनि उनले अर्थमन्त्री महतसंग अनुरोध गरे ।

The post अर्थमन्त्रीलाई भेटेर मेयर सिंहले भने : भन्सारबाट उठ्ने राजश्व वीरगन्जलाई पनि चाहिन्छ appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: अर्थमन्त्रीलाई भेटेर मेयर सिंहले भने : भन्सारबाट उठ्ने राजश्व वीरगन्जलाई पनि चाहिन्छ
अर्थमन्त्रीलाई भेटेर मेयर सिंहले भने : भन्सारबाट उठ्ने राजश्व वीरगन्जलाई पनि चाहिन्छ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/342390978_117832511284697_457002121104222108_n.jpg?resize=960%2C541&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/04/blog-post_185.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/04/blog-post_185.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy