एमाले नेता बस्नेत भन्छन् : नागको रुप धारण गरेर उपेन्द्र बारामा चुनाव लड्न आएका छन्

मधेसखबर
वीरगन्ज,१९चैत : नेकपा एमालेका नेता एंव पूर्वमन्न्त्री महेश बस्नेतले जसपा अध्यक्ष उपेन्द्र यादव तीन वटा टाउको भएको नागको रुप धारण गरेर चुनाव जित्न बारा २ मा आएको टिप्पणी गरेका छन् ।

बैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ मा जसपाबाट उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी छ । यादवलाई कांग्रेस र माओवादी केन्द्रले समर्थन गरेका छन् ।
आइतबार वीरगन्जमा आयोजित राष्ट्रिय युवा संघ नेपालको पर्सा जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य बस्नेतले भने,‘ जसपा, कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार उपेन्द्रजी तीन वटा टाँउको भएकोे नागको रुप धारण गरेर फेरि मधेसमा चुनाव लड्न आएका छन् , उनलाई बारा २ का जनताले अवश्य सबक सिकाउनेछन् ।
कुनै जमानामा आफुलाई मधेसको मसिहा नै ठान्ने उपेन्द्र यादवको दलले मधेसमा सत्ता सम्हालेको ६ वर्ष बित्न लाग्दा समेत मधेसको अवस्था झन् झन् दयनिय बन्दै गएको पनि बस्नेतले बताए ।
बस्नेतले भने,‘ मानव विकासको हरेक सुचांकमा मधेस प्रदेश सबै भन्दा पछाडिछ , सबै भन्दा बढि गरिबी मधेसमै छ , खाडीमा जाने पनि सबै भन्दा बढि मधेसकै दाजुभाइ छन् , योसबको जिम्मेवार उपेन्द्र जी र उहाको दल जसपा नैै हो ।
त्यसैकारण मंसिर ४ को निर्वाचनमा सप्तरी २ का जनताले सबक सिकाएर पठाएका उपेन्द्र यादवलार्ई अब बैशाख १० मा बारा २ का जनताले पनि सबक सिकाउने बस्नेतको भनाई छ ।
बारा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने रमेश खरेल प्रति कटाक्ष गर्दै बस्नेतले भने,‘ काठमाडौं १ का जनताले हराएका रमेश खरेल जी चुनाव जित्न नयाँ पार्टीको खोल ओढेर मधेसमा आउदैछन, उनलाई बारा २ का मधेसी जनताले पनि राम्रैसंग सबक सिकाएर पठाइदिनेछन् ।
बारा २ मा एमालेले जनताका प्रिय र योग्य उम्मेदवार चयन गर्ने बताउदै बस्नेतले भने,‘ एमालेबाट को व्याक्ति उम्मेदवार बन्छ भन्ने कुराले त्यति महत्व राख्दैन , तर म ठोकुवा गरेर भन्छु बारा २ मा एमालेले जित्छ जित्छ ।

राष्ट्रिय राजनीतिको प्रसंगमा बोल्दै बस्नेतले अहिले राष्ट्रियता र एमालेका विरुद्ध ११ दल एकठाँउमा उभिएको आरोप लगाए । यद्यपि ११ दलको गठबन्धनलाई पहिलो गाँसमै ढुंगा परेको पनि उनले बताए ।
बस्नेतले भने,‘ सरकार विस्तारमा रोजेको मन्त्रालय नपाएपछि सिके राउत र रवि लामिछानेहरु जिल्लिएका छन् , यसले सिके र रवि जीहरु पनि सत्ताको लोभी र दोहोरो चरित्रको भएको पुष्टि भएको छ । यी दुइ दललाइ पनि बारा २ का जनताले सबक सिकाउने उनले बताए ।
एमाले अब सत्ताको लागि देउवा र प्रचण्डको पछि नलाग्ने उनले प्रष्ट पारे । एमाले अब जनताको माझमा गएर जनताको पिरमर्का बुझने र त्यसको सामधानका लागि सडकदेखि सदनसम्म सशक्त आवाज उठाउने उनले बताए ।
काँग्रेस, माओवादी र कथित मधेसवादी दलहरु गरिब , उत्पिडित र शोषित जनताको पक्षमा नभएको आरोप पनि बस्नेतले लगाए । उनले भने,‘ यी दलहरु सरकारमा पुग्ने बित्तिक्कै दलाल नोेकरशाही र पूजीपतिको पक्षमा काम गर्छन भन्ने पटक पटक पुष्टि भइसकेको छ , यिनीहरुबाट मधेसको विकास सम्भव छैन ।

राष्ट्रिय युवा संघ नेपालको पर्सा जिल्ला इन्चार्ज महम्मद निजामको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रिय सदस्य राज कुमार गुप्ता , जालिम मियाँ मन्सरी , संविधानसभा सदस्य विचारी यादव , एमाले जिल्ला संयोजक डाक्टर विश्वम्भर शर्मा , एमाले नगर सचिव सुन्दर कुर्मी , नेता श ीव पटेल , अकलेश साह , तेजप्रकाष निषाद लगायतको पनि सहभागिता थियो ।

The post एमाले नेता बस्नेत भन्छन् : नागको रुप धारण गरेर उपेन्द्र बारामा चुनाव लड्न आएका छन् appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: एमाले नेता बस्नेत भन्छन् : नागको रुप धारण गरेर उपेन्द्र बारामा चुनाव लड्न आएका छन्
एमाले नेता बस्नेत भन्छन् : नागको रुप धारण गरेर उपेन्द्र बारामा चुनाव लड्न आएका छन्
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/mahes-brj-1.jpg?resize=1024%2C577&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/04/blog-post_12.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/04/blog-post_12.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy