मधेसखबर
वीरगन्ज ,३०फागुन : वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल अग्रवाल पटवारी निर्वाचित भएका छन् ।
मंगलबार भएकाे निर्वाचनबाट अध्यक्षमा पटवारी निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्षमा पटवारीसंगै संघका सम्पुर्ण पदाधिकारीहरु पनि निर्विरोध निर्वाचित भएकाे मुख्य निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए ।
यसअघि संघकाे ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको थियाे । त्यहि मध्येबाट पदाधिकारी चयन गर्नु पर्ने संघकाे विधान अनुसार मंगलबार भएकाे निर्वाचनमा अध्यक्ष सहित सबै ११ जना पदाधिकारी निर्विराेध निर्वाचित भएका हुन् ।
संघकाे वरिष्ठ उपाध्यक्षमा बरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आशिष लाठ, कोषाध्यक्षमा शिवजी प्रसाद साह कलवार , उद्योग सचिवममा सुशान्त चाचान, वाणिज्य सचिवमा प्रेमचन्द गोयल सर्वसम्मत चयन भएका छन् । यसैगरि सहकोषाध्यक्षमा अनोज रूंगटा तथा सहसचिवमा नरेश टिवडेवाल र निरज अग्रवाल पनि सर्वसम्मत चयन भएको खरेलले जानकारी दिए ।
उपाध्यक्ष पदमा भने माधव राजपाल र अरविन्द अमात्य गरि दुई जनाकाे उम्मेदवारी परेपनि आपसि छलफल गरि अमात्यले उम्मेदवारी फिर्ता लिएपछि उपाध्यक्षमा राजपाल पनि निर्विरोध निर्वाचित भएकाे खरेलले जानकारी दिए ।
पदाधिकारीहरु चयनका लागि मनोनयन दर्ता गर्नका लागि निर्वाचन समितले मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्मकाे समय ताेकेकाे थियाे ।
तोकिएको समयभित्रमा उम्मेदवारी दर्ता गराएका काेहि विरुद्ध पनि दाबि विराेधकाे उजुरी नपरेकाले सबै जना निर्विरोध निर्वाचित भएकाे मुख्य निर्वाचन अधिकृत खरेलले बताए ।
The post वीरगन्ज उद्योग वाणिज्य संघकाे अध्यक्षमा पटवारी निर्विराेध निर्वाचित appeared first on Madhes Khabar.