धनगढी,१२चैत : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ारा–२ मा उपनिर्वाचन लडेर पुनः संसदमा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिरहेको बताएका छन् । तर त्यसबारे आफूले कुनै निर्णय नगरेको उनको भनाइ छ ।
आइतबार जसपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुन लागे पनि आफ्नो बारेमा बाराका विषयमा बढी चर्चा भइरहेको बताए । ‘बाराका साथीहरू यहाँ आएर चुनाव लड्नुपर्छ भनेर जोड दिइरहनुभएको छ । पार्टी र गठबन्धनका नेता पनि संसदमा आउन उचित हुन्छ भन्नुहुन्छ,’ यादवले भने, ‘तर यसबारे गठबन्धन र पार्टीले कुनै निर्णय गरेको छैन । मैले पनि माइन्ड मेकअप गरिसकेको छैन ।’
४ मंसिरमा सप्तरी–२ मा अप्रत्यासित रूपमा चुनावमा पराजय व्यहोरेका यादवलाई उपनिर्वाचनमा मधेश केन्द्रित दलले मोर्चाबन्दी गरे जित कसरी सम्भव छ ? भनेर राखिएको जिज्ञासामा उनले भने, ‘खेलमा जाँदा एउटामा गोल गर्न पाइएन भने अर्काे छोड्न हुँदैन । खेलाडीले कहिले गोल गर्छ, त कहिले खान्छ ।’
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबीचको एकताको मुख्य गाँठो कम्युनिस्ट पार्टी बनाउने वा समाजवादी भन्ने कुरामा अड्किएको जानकारीसमेत उनले दिए ।साभारः अनलाइनखबर
The post उपेन्द्र यादव भन्छन् : बारा–२ मा चुनाव लड्ने निर्णय मैले गरिसकेको छैन appeared first on Madhes Khabar.