सुहाउँदो जोडी खोज्ने अभियान सहित वीरगंजमा खुल्यो हाम्रो विवाह डट कम

मधेसखबर
वीरगञ्ज , फाल्गुन १८ गते : मोबाइल एपबाटै जीवनसाथी खोज्ने भन्ने कुरा सुन्दा अलि अनौठो लाग्ने भएपनि एपबाटै जीवनसाथी खोज्ने चलन विदेशमा जस्तै नेपालमा पनि अब सहज बन्दै गएको छ ।

आफू सुहाउँदो जोडी सामाजिक सञ्जालमा खोज्न सकिने भएपछि युवायुवतीलाई सजिलो भएको छ । काम र पढाईले गर्दा कमै फुर्सद पाउने युवा जमातलाई यस्ता एप बरदान नै सावित हुने दाबी गरीएको छ । शादी डटकम, टिन्डर जस्ता एपहरू जोडी खोजिदिने प्लेटफर्मका रूपमा लोकप्रिय छन् भने पछिल्लो समय नेपाली युवा पुस्तामा पनि यस्ता एपहरु लोकप्रिय हुन थालेको बेला वीरगंजमा पनि विहीबारबाट हाम्रो विवाह डट कम संचालनमा आएको छ ।

यस्ता एपबाट खासगरी आफुले पहिले नै कुरा गरेर आफुलाई सुहाउँदो जोडी खोज्न सहयोग मिल्ने गरेको छ । नेपालमा खासरगी तराई मधेशका जिल्लाहरुमा पनि अनलाइनबाट जीवनसाथी खोज्ने संस्कृति बसाल्न हाम्रो विवाह डट कम एप सुरू गरीएको यसका संचालक श्याम कुश्वाहा बताउँछन् ।आज सार्वजनिक भएको हाम्रो विवाह डट कम विस्तारै युवापुस्ताको आकर्षणको रुपमा अगाडी बढ्ने पनि विश्वास लिईएको उनको दाबी छ ।

भारतबाट म्याकानीकल ईन्जिीनीयरीगं गरेका श्याम कुश्वाहा भन्छन् ,“खासगरी हाम्रो मधेश प्रदेशका जिल्लाहरुमा विवाहका लागि एक आदर्श परिवारको खोजी गर्न अभिभावकहरुलाई समस्या पर्ने गरेको छ । किनकी हाल कसैलाई पनि त्यती फुर्सत छैन वा छोराछोरीका लागि चाहीएको जस्तो परिवार नै पाउन गाहे हुने र मिले पनि केही न केही कमी हुने वा जोडी नै मिलाउन समस्या हुने गरेको छ । त्यसैले यही कुरालाई मध्यनजर गरी अथर्ता पैसा अनि समयको बचतसंगै गोपनीयताको ख्याल गर्दै दक्ष एव् बुद्धिजीवीसंगको परामर्शका साथ चाहीएको जस्तो जीवनसाथी रोज्न पाउने व्यवस्थाका साथ कार्यलाई अगाडी बढाएका छौँ । ”

त्यस्तै कार्यक्रमका प्रमुख अथिती जिल्ला अदालतका न्यायाधिश विनोद पोखरेलले जोडी खोज्ने कार्य एकदमै सराहनीय कार्य रहेको बताए । उनले दर्ता विवाहप्रती पनि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । पर्सा जिल्ला अदालतमा खासगरी , अदालतमा भन्दा पनि एक अर्कामा मन पराएर , विद्रोह गरेर विवाह गर्ने क्रम बढेको देखीएको अवस्थामा , समाजमा सकारात्मक परिवर्तन गर्दै केटाकेटीले आफ्नो जिवन साथी रोज्न पाउनुपर्ने अभियानको रुपमा कार्य गर्न आवश्यक देखीएको उनको भनाई छ ।


पोेखरेलले थप्दै समाजमा परिवर्तन गर्नलाई नियन्त्रण गर्नका लागि थोरै खर्चमा विवाह गर्नुपर्छ र विवाह गर्दा अदालतमा दर्ता गराउने प्रक्रियाप्रती प्रोत्साहन गर्न आवशयक रहेकोले कानुनी सहायताका लागि एक कानुनी परामर्श दाता पनि राख्न आग्रह गरेका छन् ।
त्यस्तै कार्यक्रमका विशिष्ट अथिती एव् नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले विवाह पनि सनातन धर्मको एक संस्कृती भएकोले यसलाई निरन्तरता दिन पर्ने बताए । विवाह सम्बन्धी हाम्रो देशको कानुन पालना गर्नुका साथै विवाहप्रतीको नाकारात्मकततालाई हटाउँदै हाम्रो विवाह डट कमले चाहीएको र राजेको जोडी बनाउनमा टेवा पुर्याउनेमा आशावादी रहेको बताए ।
उनले मागी विवाह भन्दा भागी विवाहको चलन बढेको अवस्थामा त्यसलाई न्युनिकरण गर्न पनि हाम्रो विवाह डट कमले मदत गर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अथिती ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुवेले कतिपय अवस्थामा कानुनले तोकेको विवाह योग्य उमेर पुगेपनि खोजेको जस्तो केटी वा केटा नपाउँदा अधिकाशं परिवार भौतारीरहेको बेला यस्ता एपले धेरै नै सहयोग गर्ने दाबी गरे । पहिलेको जमानामा यस्ता एपलाई नकारात्मक दृष्टिकोणले हेरीएपनि हाल यस्ता एपले विवाह गराउने पण्डितहरुलाई पनि बरबधु खोज्न सहयोग गरीरहेको उनको भनाई थियो ।

यसले रुढीवादी सोच र परम्परा तथा हालको विकृतीलाई तोड्दै एक आदर्श विवाह गराउन अग्रसर रहेकोले यस्को प्तीफल पनि राम्रै आउने विश्वास लिईएको कार्यक्रममी विशिष्ट अथिती एव् महिला नेतृ तथा यस एपकी सल्लाहका मालती कुश्वाहा बताउँछिन् ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अथिती राजनारायण मिश्रले कतिपय भएका विवाह बन्धन पनि ,जोडी नमिलेको तथा व्यवहार नमिल्ने भएको कारण टुट्ने गरेको तथा समयमा जीवनसाथीको खोजी पुरा नहुँदा समाजमा नैराश्यता पैदा भईरहेको बेला चाहीएको रोजेको जीवनसाथीको खोजीमा साथ दिन खुलेको हाम्रो विवाह एपले विवाहका लागि जीवनसाथी खोजेका परिवारलाई सहज हुने विश्वास व्यक्त गरेका छन् ।


हाम्रो विवाह डट कम २० लाखको लगानीमा सुरु भएको हो । परिवारबाट पनि राम्रो सपोर्ट पाएको संचालक कुश्वाहाको भनाइ छ । यसलाई अझै व्यापक बनाउने आँट र विश्वास बढेको छ ।

The post सुहाउँदो जोडी खोज्ने अभियान सहित वीरगंजमा खुल्यो हाम्रो विवाह डट कम appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: सुहाउँदो जोडी खोज्ने अभियान सहित वीरगंजमा खुल्यो हाम्रो विवाह डट कम
सुहाउँदो जोडी खोज्ने अभियान सहित वीरगंजमा खुल्यो हाम्रो विवाह डट कम
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/FB_IMG_1677771754027-1.jpg?resize=720%2C540&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/03/blog-post_55.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/03/blog-post_55.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy