कर्मचारी अभावले कृषि ज्ञान केन्द्र पर्साको सेवा प्रभावित

वीरगन्ज,२१ फागुन : वीरगन्ज स्थित कृषि ज्ञान केन्द्र पर्सा लामो समयदेखि कर्मचारी अभाव झेल्दै छ । मधेस प्रदेश सरकार मातहतको यो कार्यालयमा दरबन्दीको एक चौथाइ पनि कर्मचारी नहुँदा सीमित जनशक्तिलाई भ्याइनभ्याइ छ ।

कार्यालयमा कुल १५ कर्मचारीको दरबन्दी छ । तर २ प्राविधिक जनशक्तिसहित ४ कर्मचारी मात्र कार्यालयमा उपलब्ध छन्  । कार्यालयमा वरिष्ठ कृषि विकास अधिकृतको १, कृषि अर्थविज्ञ, बाली विकास अधिकृत, बाली संरक्षण अधिकृत, कृषि प्रसार अधिकृत, बागवानी विकास अधिकृतको १- १ दरबन्दी छ । त्यसैगरी, प्राविधिक सहायकको ३, लेखापाल १, खरिदार १, कार्यालय सहयोगी ३ र हलुका सवारी चालक १ जनाको दरबन्दी छ ।

दरबन्दीमध्ये वरिष्ठ कृषि विकास अधिकृतका रूपमा कार्यालय प्रमुख मुनिलाल कुशवाहा कार्यरत छन् । यसै साता कृषि प्रसार अधिकृतका रूपमा एक अधिकृत आएका छन् । कार्यालय सहयोगी ३ मध्ये १ स्थायी र १ करारका छन् । एक हलुका सवारी चालक पनि करारकै छन्  ।

कार्यालय प्रमुख कुशवाहा योजना, बागवानी, बाली संरक्षण अधिकृतहरू नहुँदा सेवाग्राहीलाई सेवा दिन पनि समस्या भएको बताउँछन् । ‘कतिपय कर्मचारी सरुवा भएर गए, कतिपयले अवकाश पाइसके,’ उनी भन्छन्, ‘लेखापालसमेत नहुँदा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट लेखापाल बेलाबेलामा आएर काम गर्ने गरेका छन् ।’

बाली संरक्षण अधिकृत नहुँदा विषादी पसल खोल्न इजाजत दिने तथा त्यस्ता पसल नवीकरण गर्ने काम पनि ठप्प रहेको उनले बताए । सीमितले जनशक्तिले कार्यालयको जिम्मेवारीको सबै काम गर्न आफूहरूलाई हम्मेहम्मे भएको उनको भनाइ छ । ‘हामीले किसानको हकहितका लागि अहोरात्र काम गर्नुपर्छ,’ उनले भने, ‘उनीहरूको समस्या र गुनासालाई सम्बोधन गर्न किसानको खेतबारीसम्मै पनि पुगिराख्नुपर्छ, यस्तो अवस्थामा हामीले कार्यालय सञ्चालन गर्ने कि फिल्ड वर्क गर्ने ?’ साभार : कान्तिपुर

The post कर्मचारी अभावले कृषि ज्ञान केन्द्र पर्साको सेवा प्रभावित appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: कर्मचारी अभावले कृषि ज्ञान केन्द्र पर्साको सेवा प्रभावित
कर्मचारी अभावले कृषि ज्ञान केन्द्र पर्साको सेवा प्रभावित
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/krishi-gyan-kendra-parsa.jpg?resize=1024%2C576&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/03/blog-post_5.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/03/blog-post_5.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy