उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या गलत : जसपा

काठमाडौं,२६ फागुन : जनता समाजवादी पार्टी (जसपा) ले उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या सही नहुने बताएको छ ।

निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष र खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले यो भन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपति पदको उम्मेदवार हुनसक्ने भनी विज्ञप्ति निकालेको छ ।

निर्वाचन आयोगले विज्ञप्ति निकालेपछि जसपाले निर्वाचन आयोगले पुरुष राष्ट्रपति भएकाले महिला मात्रै उपराष्ट्रपतिको उम्मेदवार हुुन सक्ने भन्न नमिल्ने प्रतिक्रिया दिएको हो ।

‘निर्वाचन आयोगलाई आफूखुसी संविधानको व्याख्या गर्ने अधिकार छैन । यदि उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन सक्छ भनियो भने त्यो गलत हुन्छ’ जसपाका सांसद प्रदीप यादवले भने ।

जसपाले उपराष्ट्रपति आफूले पाउनुपर्ने दाबी सत्ता गठबन्धनमा गरेको छ । र उसले बारा–२ बाट प्रतिनिधि सभामा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उठाउने निर्णय नै गरिसकेको छ ।

जसपा निकट श्रोतका अनुसार रामसहायप्रसाद यादव उपराष्ट्रपति भएमा उनको क्षेत्रमा उपनिर्वाचन हुने र त्यहाँबाट उपचुनाव लड्ने अध्यक्ष उपेन्द्र यादवको तयारी छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव गत चुनावमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।साभार : अनलाइनखबर

The post उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या गलत : जसपा appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या गलत : जसपा
उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या गलत : जसपा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/Pradip-ayadav.jpg?resize=900%2C661&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/03/blog-post_48.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/03/blog-post_48.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy