वीरगन्ज महानगरले आयाेजना गरेकाे बाली उपचार शिविरबाट किसानहरु लाभान्वित

वीरगन्ज ,९चैत : वीरगमा बाली उपचार शिविर सम्पन्न भएकाे छ ।वीरगन्ज महानगरपालिकाकाे आयाेजनामा बुधबार वीरगन्ज २१ परवानीपुर स्थित खेलमैदानमा बाली उपचार शिविर सम्पन्न भएकाे हाे ।

बुधबार बिहान १० देखि साँझ ५ बजे सम्म चलेको शिविरमा करिब १ सय ६० जना कृषकले विभिन्न बालीको समस्या लिएर आएको र जैविक विषादी लगायत रासायनिक विषादी तथा सुक्ष्म पोषक तत्वहरू र बिरुवा वृद्धि नियामकहरू उपलब्ध गराइएको वीरगन्ज महानगरपालिकाकि कृषि अधिकृत उर्मिला श्रेष्ठले जानकारी दिइन् ।

कृषकहरूले शिविरमा आ-आफ्नो बाली नालीको डाँठ, पात, जरा (समस्या भएको भाग ) वा फोटो लिएर आए बमोजिम रोग र समस्या अनुसारको समाधान गरिएको कृषि अधिकृत श्रेष्ठले बताइन् ।

उनका अनुसार शिविरमा तरकारी र आँपमा धेरै समस्या भएकाे पाइएको थियो ।

कृषकहरूको समस्यालाई समाधान गर्न वीरगन्ज महानगरपालिकाले शिविरको आयोजना गरेको महानगरका मेयर राजेशमान सिंहले बताए ।

महानगरले आर्थिक वर्ष २०७९/०८० को बार्षिक कार्यक्रम अनुसार शिविर आयोजना गरि बालीनालीमा लाग्ने रोगहरुका कारण कृषकलाई हुने समस्या समाधानका लागि पहल स्वरुप शिविरकाे आयाेजना गरिएको मेयर सिंहले बताए ।

शिविरमा कृषि ज्ञान केन्द्र पर्साका समसुल हक मिया, वीरगन्ज महानगरपालिकाकि कृषि अधिकृत उर्मिला श्रेष्ठ,सलिना क्षेत्री लगायतको उपस्थिति थियो ।

The post वीरगन्ज महानगरले आयाेजना गरेकाे बाली उपचार शिविरबाट किसानहरु लाभान्वित appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्ज महानगरले आयाेजना गरेकाे बाली उपचार शिविरबाट किसानहरु लाभान्वित
वीरगन्ज महानगरले आयाेजना गरेकाे बाली उपचार शिविरबाट किसानहरु लाभान्वित
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/IMG_20230323_155700.jpg?resize=1007%2C545&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/03/blog-post_44.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/03/blog-post_44.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy