वीरगन्जमा पनि मनाइयाे विश्व क्षयरोग दिवस

मधेसखबर

वीरगन्ज,१०चैत : विश्व क्षयरोग दिवस शुक्रबार वीरगन्जमा पनि विविध कार्यक्रम गरी मनाइएकाे छ । ‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने नाराका साथ वीरगन्ज महानगरपालिकाको जन स्वास्थ्य प्रवर्द्धन शाखाले शुक्रबार विभिन्न कार्यक्रम गरि दिवस मनाएकाे हाे ।

दिवसकाे अवसरमा बिहान घण्टाघर चाेकबाट सचेतनामुलक रयाली निकालिएकाे थियाे । उक्त रयाली आदर्शनगर हुदै नगर परिक्रमा पछि पुन घण्टाघर फर्किएर कोणसभामा परिणत भएको थियो ।

रयालीमा सहभागी भएका स्वास्थ्यकर्मीले सचेतनामुलक प्लेकार्ड बोक्नुका साथै क्षयराेग सम्बन्धि सचेतनामुलक सन्देश लेखिएका पम्पलेट वितरण समेत गरेका थिए ।

महानगरकाे स्वास्थ्य शाखामा कार्यरत तथा क्षयरोग रोकथामका फोकल पर्सन सुमनचन्द्र ठाकुरको संयोजकत्व र वीरगन्ज महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रितेश जैसवालकाे प्रमुख आतिथ्यतामा भएकाे रयालीमा स्वास्थ्य कार्यालय पर्साका विनोद झा, नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंह, बिजामका अनोज खडका लगायतको पनि सहभागीता थियो ।

महानगरमा रहेका ३४ वटै स्वास्थ्य संस्थामा पनि सचेतनामुलक कार्यक्रम गरि विश्व क्षयरोग दिवस मनाइएकाे क्षयरोग रोकथामका फोकल पर्सन सुमनचन्द्र ठाकुरले जानकारी गराए ।

क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुने गर्दछ ।

नेपालमा क्षयरोगबाट प्रत्येक दिन करिब ४७ जनाको मृत्यु हुने गरेको छ । यस्तै दैनिक १ सय ९० जना हाराहारीमा क्षयरोगीका नयाँ बिरामी थपिने गरेका छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार मुलुकमा हाल १ लाख १७ हजार क्षयरोगका विरामी छन् भने वर्षेनी ६९ हजार नयाँ विरामी थपिने गरेका छन् ।

नेपालमा क्षयरोका कारण वर्षेनी १७ हजार जनाले ज्याउन गुमाउनु परेको केन्द्रको तथ्याङक छ । विश्वमा भने वार्षिक १ करोड व्यक्तीलाई क्षयरोगको संत्रमण हुने गरेको छ भने १५ लाख जनाले क्षयबाट ज्यान गुमाउने गरेका छन् ।

The post वीरगन्जमा पनि मनाइयाे विश्व क्षयरोग दिवस appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्जमा पनि मनाइयाे विश्व क्षयरोग दिवस
वीरगन्जमा पनि मनाइयाे विश्व क्षयरोग दिवस
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/IMG-20230324-WA0013.jpg?resize=1280%2C597&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/03/blog-post_0.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/03/blog-post_0.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy