लामखुट्टे नियन्त्रणका लागि वीरगन्जमा औषधी छर्न सुरु

वीरगन्ज,११फागुन:वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ र ‘पम्प स्प्रे’ बाट औषधी छर्न सुरु गरेको छ ।

गर्मी मौसम सुरु हुन लागेकाले लामखुट्टे नियन्त्रणका लागि महानगरले ‘एयर र पम्प स्प्रे’ बाट औषधी छर्ने काम सुरु गरेको हो ।

महानगरको सरसफाइ व्यवस्थापन शाखा अधिकृत सर्फुदिन मियाँले बुधबारबाट तालिका नै बनाएर ३२ वटै वडामा ‘एयर र पम्प’ दुबै तरिकाबाट औषधी छर्ने काम सुरु भएको जानकारी दिए।

बुधबार पहिलो दिन महानगरपालिकाको वडा नं. १, २ र ३ मा ‘एयर र पम्म’ दुबै माध्यमबाट औषधी छरिएको र वडा नम्बर ४ मा पम्प स्प्रेबाट लामखुट्टेको औषधी छर्ने काम भएको उनले जानकारी दिए ।

फगिङ्ग मेसिनबाट रोड तथा नालामा एयर स्प्रे र फगिङ्ग मेसिन पुग्न नसक्ने भित्री नालाहरुमा पम्प स्प्रेबाट औषधी छरिएको हो ।

बिहान १० बजेदेखी नै पम्प स्प्रेबाट नाला तथा पानी जमेका स्थानको खोजी गर्दै लामखुट्टे मार्ने औषधी छर्कन जनशक्ति परिचालन गरिएको सरसफाई अधिकृत मियाँले जानकारी दिए।

फगिङ्ग मेसिनबाट ‘एयर स्प्रे’ गर्न भने बेलुका ५ बजेपछि सुरु भएको पनि उनले बताए।

बुधबारबाट सुरु भएको लामखुट्टे मार्ने औषधी छर्ने काम चैत ६ गते सम्म चल्ने छ ।

लामखुट्टेको लार्भा मार्न बिहान र दिउसोको समयमा ३ राउण्ड पम्प स्प्रे गर्ने र वयस्क लामखुट्टे मार्न बेलुकाको समयमा फगिङ्ग मेसिन पार्फत २ राउण्ड ‘एयर स्प्रे’ गर्ने तालिका महानगरले सार्बजनिक गरेको छ ।

चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा वीरगन्जमा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकोलाई नियन्त्रण गर्न वीरगन्ज महानगरपालिकाले वर्षमा दुईपटक औषधि छर्ने गरेको छ ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन महानगरका ३२ वटै वडामा ‘एयर स्प्रे’ र ‘पम्प स्प्रे’ सुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

The post लामखुट्टे नियन्त्रणका लागि वीरगन्जमा औषधी छर्न सुरु appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: लामखुट्टे नियन्त्रणका लागि वीरगन्जमा औषधी छर्न सुरु
लामखुट्टे नियन्त्रणका लागि वीरगन्जमा औषधी छर्न सुरु
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/IMG-20230223-WA0008.jpg?resize=1024%2C576&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/02/blog-post_929.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/02/blog-post_929.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy